back
NMB ad

रेडीमेट कपडाको मूल्य बढ्यो

Kumari bank ad

काठमाडौं । उत्तरी नाका असहज भएर चीनबाट तयारी लत्ताकपडा आयातमा समस्या भएपछि कपडाको मूल्य बढेको छ । रसुवागढी नाकाबाट सामान आयात गर्न समस्या भएपछि व्यापारीहरूले विकल्पका रूपमा समुद्री मार्गबाट सामान आयात गरिरहेका छन् ।

यसरी सामान आयात गर्दा बन्दाबन्दीभन्दा अघिको भाडादरमा करीब ३ गुनाले वृद्धि भएको छ । यसले गर्दा चीनबाट आयात हुने लत्ताकपडाको मूल्य २० प्रतिशतसम्म बढेको व्यवसायीहरू बताउँछन् । जाडो मौसमका लागि प्रयोग हुने ज्याकेट, पन्जा, टोपी, ट्राउजर, जुत्तालगायत कपडाको मूल्य बढेको हो ।

भृकुटी मण्डपमा कपडा व्यापार गर्ने व्यापारी राजन लामाका अनुसार गतवर्ष ३ हजार रुपैयाँसम्म पर्ने ज्याकेटको मूल्य यति बेला ३६ सय रुपैयाँ पर्न थालेको छ । उनी कपडाको मूल्य पनि महँगिएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति दिलसुन्दर श्रेष्ठका अनुसार यस अघि केरुङ नाकाबाट सामान आयात गर्दा प्रतिकन्टेनर भाडादर १८ सयदेखि २ हजार अमेरिकी डलर पर्ने गथ्र्यो ।

समुद्री मार्गबाट सामान आयात गर्दा प्रतिकन्टेनर भाडादर ५ हजारदेखि ६ हजार अमेरिकी डलर तिर्नुपरेको छ । भाडादर नै महँगो परेपछि त्यसको असर सामानको मूल्यमा पर्ने भएकाले मूल्य बढ्नु स्वाभाविक भएको उनले बताए ।

रसुवागढी नाकाबाट नेपालतर्पm सामन ढुवानी गर्ने गाडीको भाडादर पनि बढेको छ । केरुङदेखि रसुवागढीसम्मको २८ किमी बाटोको भाडादर १५ हजार रुपैयाँ थियो । तर, अहिले उक्त बाटोको भाडादर गाडीवालाहरूले ६० हजार रुपैयाँसम्म लिने गरेका छन् । त्यसको प्रत्यक्ष असर सामानको मूल्यमा परेको छ ।आर्थिक अभियान दैनिकबाट

वि.सं.२०७७ पुस ८ बुधवार ०८:२६ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...