काठमाडौं । आज सुनको भाउ घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला ९०० ले आज ओरालो लागेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएकामा आज प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको महासंघले जानकारी दिएको छ ।
वि.सं.२०७७ पुस ८ बुधवार १२:०७ मा प्रकाशित