back
NMB ad

रोप्ने समय शुरु हुँदा पनि आलुको बीउ अभाव हुँदा किसान चिन्तित

Kumari bank ad

ताप्लेजुङ । ताप्लेजुङमा आलु रोप्ने समय शुरु भए पनि बीउ अभाव हुँदा किसान चिन्तित भएका छन् । आलुको बीउ भण्डार मानिने पक्ताङलुङ गाउँपालिका–६ हिमाली बस्ती घुन्सा गाउँमा यस वर्ष राम्रो फल नलागेपछि बीउको अभाव भएको हो ।

घुन्सावासीको मुख्य बाली आलु हो । हिउँ र चिसोको कारणले अन्य बाली हुँदैन । यहाँ चैत महिनामा आलु रोप्ने र भदौमा खन्ने गरिन्छ । गत चैतमा १६ मुरी आलुको बीउ रोप्दा १० मुरी मात्र फलेको स्थानीय किसान टाँसी तेन्जीङ शेर्पाले बताए ।

यस्तै अर्का किसान केल्साङ शेर्पा गत चैतमा आठ मुरी रोपिएको आलुबाट पाँच मुरी मात्र उत्पादन भएपछि चिन्तित देखिन्छन् । घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको ३३ घरपरिवार बसोबास गर्दै आएका छन् ।

यो समुदायले परापूर्वकालदेखि नै मुख्य बालीका रुपमा आलुखेती गर्दै आएको छ । यहाँ रातो, सेतो र सोलु गरी तीन प्रकारका आलु रोप्दै आएको शेर्पाले बताए ।

उनका अनुसार हरेक वर्ष मंसिर १५ देखि यहाँका किसान चांैरी र याकलाई बोकाएर तीन घण्टाको पैदलयात्रा हिँडी फलेटारसम्म आलु विक्री गर्न जाने गर्दछन् ।

लेलेप, हेल्लोक, तापेथोक, साँघु, इखाबु, लिखिम, खेजिनेमलगायतका तल्लो गाउँका समुदाय मंसिर १५ पछि कोदो र मकै बोकेर पाँच दिनको पैदल हिँडी फलेटार आलुको बिऊ साट्न पुग्छन् ।

यस वर्ष घुन्सामा राम्रो आलु नफलेपछि अधिकांश किसानको जीविकोपार्जनमा समस्या हुने देखिएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारणले विगतको जस्तो आलु उत्पादन नभएपछि बीउको अभाव भएको फक्ताङ्लुङ गाउँपालिकाका कृषि शाखा प्रमुख ओमप्रकाश शर्माले बताए ।

वि.सं.२०७७ पुस ८ बुधवार १२:२० मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...