back
NMB ad

सयपत्री फूलमा मुलुक आत्मनिर्भर, कारोबार भने घट्दै

Kumari bank ad

काठमाडौंं । पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हुँदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग थियो ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये सयपत्रीका करीब ३ लाख माला भारतबाट ल्याउने गरिएको थियो । व्यवसायीले यस वर्ष तिहारमा पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाए, उत्पादन पनि राम्रो थियो तर बजार पाएनन् ।

अहिले स्वदेशमा नै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । कोरोनाको त्रास कायमै रहेकाले फूल क्षेत्रको व्यापारले अझै गति लिनसकेको छैन ।

त्रासकै बीच लामो समयदेखि बन्द अन्य क्षेत्र विस्तारै खुला हुन थाले पनि फूलको व्यापार भने हुन सकेन । कार्यक्रमहरु नभएको, मानिसमा क्रयशक्ति कम भएको र यस वर्षका लागि विवाहको लगन पनि सकिन लागेकाले फूलको व्यापार हुन नसकेको बताइएको छ ।

कोरोना शुरु हुनुभन्दा पहिले दैनिक ३५ लाख रुपैयाँसम्म फूलको आर्थिक कारोबार हुने गरेको थियो । अहिले दैनिक ५ लाख रुपैयाँको मात्रै कारोबार हुने गरेको छ । पछिल्लो समय मठमन्दिर विस्तारै खुले पनि होटल र पर्यटन व्यवसाय सञ्चालनमा नआएकाले यस क्षेत्रले गति लिन नसकेको फ्लोरीकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए ।

अघिल्ला वर्षमा वार्षिकरूपमा २ अर्ब ४२ करोड रुपैयाँको फूलको कारोबार हुने गरेको थियो । चालू आवमा ३ अर्ब रुपैयाँको फूलको कारोबार हुने अनुमान गरिए पनि कारोनाका कारण बजारमा चहलपहल नहुँदा अनुमानभन्दा कम हुने निश्चित छ ।

तिहार र अन्य मौसममा गरी ११ करोड रुपैयाँ बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिंदै आएको छ । यसअघि कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको थियो ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । सो व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० जना व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै ३०० जना व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् । हरेक वर्ष तिहारलाई लक्ष्य गरी हुने गरिएको ‘गोदावरी पुष्प मेला’ कोरोना भाइरसका कारण यस वर्ष भने हुन सकेन ।

वि.सं.२०७७ पुस ९ बिहीवार १२:५२ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...