back
NMB ad

व्यावसायिक सतुवा खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै भोजपुरका कृषक

Kumari bank ad

भोजपुर । भोजपुरको तिम्मामा व्यावसायिकरूपमा सतुवा खेती शुरु गरिएको छ ।

दश वर्षअघि परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि भोजपुर तिम्माका संगम राईले व्यावसायिकरूपमा नै सतुवा खेती शुरु गरेका हुन् ।

रू. ४५ लाखको लगानीमा शुरु गरिएको सतुवालगायत जडीबुटी खेती गरेर सफल उद्यमीका रुपमा स्थापित भएका राई यसबाट वार्षिक रू. १५ लाखसम्म आम्दानी गरिरहेका छन् ।

उनले भने, ‘मैले जडीबुटी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु, जडीबुटीको विक्रीबाट रू. १५ लाखसम्म आम्दानी हुन्छ, स्वदेशमा व्यावसायिक बन्न सके विदेशको भन्दा धेरै आम्दानी यही घरपरिवारसँगै बसेर गर्न सकिन्छ ।’

जडीबुटी उद्योग दर्ता गरेर विगत १० वर्षदेखि जडीबुटीखेतीमा लागेका राई करीब पाँच रोपनी क्षेत्रफलमा ३५ हजार सुतवाको बिरुवाको नर्सरी लगाएका छन् ।

गतवर्ष सतुवाका बिरुवा विक्री गरेर रू. दुई लाख आम्दानी गरेका राईले यस वर्ष ३५ हजार सतुवाको बिरुवा हुर्काएका छन् । उनको नर्सरीमा उत्पादन भएका सुतवा प्रतिकेजी रू. दश हजार तथा सतुवाका प्रतिबिरुवा रू. २० देखि १०० सम्मका दरले विक्री हुने गरेको उनको भनाइ छ ।

वर्षमा दुई लाखसम्म सतुवाको बिरुवा बाहिर पठाउँदै आएको उनको भनाइ छ । राईले भने, ‘अहिले बजारमा सतुवाको माग उच्च छ, मैले वर्षमा दुई लाख बढी बिरुवा अन्य ठाउँमा पठाउँदै आएको छु, विगतमा प्रतिकेजी रू. २२ हजारसम्ममा विक्री हुने सतुवाको मूल्य केही वर्षयता घटेको छ, यसपाली प्रतिकेजी रू. दश हजारसम्म विक्री भइरहेको छ ।’ सतुवाको बीउ प्रतिकेजी रू. एक लाखमा विक्री हुन्छ, उनले भने ।

‘सतुवा खेतीसँगै अन्य जडिबुटी खेतीलाई पनि व्यावसायिक रूप दिएको छु’, उनले भने, ‘मागअनुसारका सतुवाका बिरुवा पु¥याउन सकेको छैन ।’ आफ्ना क्षेत्रका स्थानीयवासीलाई पनि जडीबुटीखेतीमा लाग्न उनले प्रोत्साहनसमेत गरिरहेका छन् ।

उनको सफलतापछि तिम्माका अधिकांश स्थानीयवासी सतुवा खेतीतर्फ आकर्षित भएका छन् । स्थानीयवासीले उत्पादन गरेका जडीबुटीलाई संकलन गरेर बजारसम्म पु¥याउनका लागि आफूले सहयोगसमेत गर्दै आएको राईको भनाइ छ ।

तिम्माका ६५ बढी घरपरिवारले सामान्य रुपमा चिराइतो, लोड सल्ला, सतुवा बिखुम्वालगायत खेती गरिरहेका छन् । स्थानीयवासीले उत्पादन गरेको जडीबुटी बजारीकरणको जिम्मा समेत राईले नै लिने गरेका छन् । उत्पादित बस्तु आफ्नै घरबाट विक्री गर्न पाउँदा स्थानीयवासी पनि खुशी भएका छन् ।

समुद्री सतहदेखि एक हजार ५०० मिटरको उचाइ भएको क्षेत्रमा सतुवा खेती गर्न सकिने बताउँदै राईले तिम्मा सतुवालगायतका जडीबुटी खेतीका लागि उपयुक्त भएको र यो खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताए ।

वि.सं.२०७७ पुस ९ बिहीवार १३:३० मा प्रकाशित

You can share this post!

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५८

काठमाडौँ, १८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती...

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५५

पाटन (ललितपुर), १८ वैशाख : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर...

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. १,...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४०

काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु...

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:३४

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने...