back
NMB ad

कुखुरापालक किसानले पाउन थाले उचित मूल्य

Kumari bank ad

चितवन । लामो समयदेखि नोक्सान व्यहोरेका कुखुरापालक किसान आफ्नो उत्पादनले मूल्य पाउन थालेपछि लाभान्वित भएका छन् ।

कोरोना सङ्क्रमणका कारण बजार प्रभावित हुँदा किसानले लागत मूल्यभन्दा कममा विक्री गर्नुपरेको थियो । कुखुराको अण्डा, मासु र चल्लाको लागत मूल्यभन्दा बढीमा किसानले विक्री गर्न पाएसँगै लाभान्वित भएका हुन् । कोरोना सङ्क्रमणको बेला झण्डै पाँच महीना चल्ला उत्पादन गरेर पनि नष्ट गरेका ह्याचरी उद्योगले चल्लाको उचित मूल्य पाएका छन् ।

नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार बिहीवार उद्योगले ७० रुपैँया प्रतिगोटा ब्रोयलर चल्ला विक्री गरेका छन् । पोखरेलका अनुसार कोरोना सङ्क्रमणको समयमा झण्डै पाँच महीना चल्ला विक्री नभएर नष्ट गर्नुपरेको थियो । त्यस्तै लेयर्सको चल्ला प्रतिगोटा १२५ रुपैयाँ र ब्रोयलरको ७० रुपैयाँमा विक्री भइरहेको छ । किसानले चल्ला राख्न थालेपछि विक्री हुन थालेको हो ।

नेपालमा ३२४ ओटा ह्याचरी उद्योग छन् । हाल सातामा ३० देखि ३५ लाख ब्रोयलर चल्ला उत्पादन हुने गर्दछ । यसको माग ४० लाखभन्दा माथि रहेको पोखरेलको भनाइ छ । उत्पादन कम भएका कारण मूल्य बढी हुँदा पनि सोचे जति मुनाफा लिन भने नसकिएको उनको भनाइ छ । उत्पादन राम्रो हुँदा ब्रोयलर चल्लाको लागत मूल्य ५६ रुपैँया पर्ने तथ्यांंकमा उल्लेख छ ।

अण्डाको मूल्य पनि बढेको छ । हाल प्रतिक्रेट (३० गोटा) ३४५ ख मा विक्री हुने गरेको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार अण्डाको लागत मूल्य ११ रुपैयाँ ५३ पैसा हो । किसानले लामो समयपछि अण्डाको उचित मूल्य पाएको केसीले बताए । तीन वर्ष अघि प्रतिक्रेट ३६० रुपैयाँ पुगेको अण्डा क्रमशः घटेर लागत मूल्यभन्दा निकै कममा झरेको थियो । कोरोना सङ्क्रमणको समयमा समेत रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले यसको खपत बढेको उनले बताए।

अण्डाको मूल्य अरु बढ्ने किसानको अपेक्षा छ । हाल देशभरमा २ हजार ७०० किसान प्रत्यक्ष रुपमा अण्डा उत्पादनमा संलग्न छन् । दैनिक अण्डाको उत्पादन ३० लाखदेखि ३२ लाखसम्म रहेको सङ्घको तथ्यांक छ । कोरोना सङ्क्रमणको समयमा निकै घटेको कुखुराको मासुको मूल्य अहिले बढेको छ ।

नेपाल दाना अण्डा वितरक संघका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेका अनुसार तयारी मासु प्रतिकिलो ३३० रुपैयाँमा विक्री भएको छ । किसानले जिउँदो कुखुराको फार्म मूल्य २१० रुपैयाँकोे हाराहारीमा पाएका छन् । लागत मूल्यभन्दा बढी भएको उनले जानकारी दिए ।

कोरोना सङ्क्रमणको समयमा जिउँदो कुखुरा ९० रुपैयाँ प्रतिकिलोमा विक्री गर्न किसान बाध्य भएका थिए । कुखुरा नबिकेपछि लामो समय पाल्न बाध्य हुँदा किसानले ठूलो नोक्सान व्यहोर्नु परेको थियो । कतिपय किसान विस्थापितसमेत भएको पाण्डेको भनाइ छ ।

कुखुराजन्य उत्पादनको मूल्य बढिरहँदा दानाको मूल्यसमेत बढेपछि लागत मूल्य थपिएको छ । नेपाल दाना उद्योग संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेलका अनुसार हालसालै मकै र भटमासको मूल्य बढेको छ । मकैमा प्रतिकिलो ७ रुपैयाँ र भटमासमा १२ रुपैयाँ वृद्धि भएको उनले जानकारी दिए । दानामा ८० प्रतिशत मकै र भटमास प्रयोग हुने गर्दछ । कच्चा पदार्थको मूल्य धेरै बढे पनि किसानको अवस्था हेरेर दानामा ३ रुपैयाँ प्रतिकिलो बढाइएको उनले जानकारी दिए ।

दानाको अधिकांश कच्चापदार्थ भारतलगायत देशबाट आउने गर्दछ । जसका कारण मूल्य अन्तरराष्ट्रिय बजारमा निर्भर हुन्छ । नेपालमा कुखुराजन्य व्यवसायमा अर्बौको लगानी छ ।

वि.सं.२०७७ पुस ९ बिहीवार १३:५५ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...