back
NMB ad

स्याङ्जामा सुन्तलाको उत्पादनमा वृद्धि

Kumari bank ad

वालिङ । स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि हुनेभएको छ ।

गत वर्ष ९ हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष १० हजार ५०० मेट्रिक टन उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख माधव लम्सालले बताए । सुन्तला सुपरजोन क्षेत्रमा गत वर्षको तुलनामा यसवर्ष ६०० मेट्रिक टन बढी सुन्तला उत्पादन हुने अनुमान छ ।

स्याङ्जामा सुन्तला सुपरजोनअन्तर्गत १ हजार ३४८ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा रहेको छ । जसमध्ये ८०८ हेक्टर क्षेत्रफलमा रहेको बगैंचाले उत्पादन दिने गरेको छ भने ५४० हेक्टर क्षेत्रफलमा सुन्तलाका बिरुवा लगाइएको प्रमुख लम्सालले बताए। सुपरजोनअन्तर्गत यसवर्ष ३० हेक्टर क्षेत्रफल वृद्धि गरी सुन्तलाका बिरुवा लगाउने लक्ष्य कार्यालयको रहेको प्रमुख लम्सालको भनाइ छ।

हालसम्म सुपरजोन लागू भएका क्षेत्रभित्र उत्पादन भएका सुन्तलामध्ये १५ प्रतिशत मात्रै विक्री भएको तथ्याङ्क कार्यालयसँग छ । “स्याङ्जामा उत्पादन भएको सुन्तलालाई प्याकेजिङ र ग्रेडिङ गरेर चीन लैजाने सम्झौता भएको तर कोभिडका कारण निरीक्षणका लागि चीनबाट टोली नआएकाले प्रक्रिया अगाडि बढ्न सकेको छैन” प्रमुख लम्सालको भनाइ थियो ।

विगत वर्षमा आन्तरिकरुपमा सुन्तला विक्री हुने गरेकोमा यसवर्ष कोभिड– १९ का कारण सुन्तलाको विक्री घटेको हो । पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको दायाँबायाँ बाटोबाटै धेरैजसो सुन्तलाको खपत हुने गरेकोमा यस वर्ष सवारी साधन कम सञ्चालन हुनु, सुन्तलाले चिसो हुने र कोभिडको जोखिम बढ्ने भन्ने गलत बुझाइका कारण पनि सुन्तला कम मात्रामा खपत भएको उनको भनाइ छ ।

स्याङ्जाका एघार पालिकामध्ये पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा सुन्तला सुपरजोन क्षेत्र घोषणा भई कार्यान्वयनमा रहेको छ ।

पुतलीबजारका १, २, ३, ७, १०, ११, १३, १४ वालिङको ४ नं वडा, भीरकोटको १,२,३,६,७,८ नं वडा तथा अर्जुनचौपारी गाउँपालिकाको १, २ वडा सुन्तलाका पकेट क्षेत्र हुन् ।

सुन्तला सुपरजोन लागू भएका क्षेत्रमा किसान समूह ११५, निजी फार्म ७५ र सहकारी १३ वटा गरी कुल २०३ ओटा संस्था सूचीकृत भएका छन् । जसमा ३ हजार २५९ जना सदस्य आबद्ध रहेका छन् ।

वि.सं.२०७७ पुस ९ बिहीवार १४:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...