back
NMB ad

साताको अन्तिम कारोबार दिन : २९.८३ अंकले घट्यो नेप्से, ५ अर्ब ३६ करोड बराबरको खरीदविक्री

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक २९.८३ अंकले घटेर २ हजार ८३ दशमलव ६३ विन्दुमा पुगेको छ । पछिल्लो समयमा बढेको बजारमा प्रोफिट बुक गर्न थालेसँगै आजको बजार घटेको हो।

बिहिबार २०४ ओटा कम्पनीको ९८ लाख ६०हजार ५३६ कित्ता शेयर ४७ हजार ९७६ पटकमा रू. ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये ब्यापार समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिशत र होटल समूहको परिसूचक ४ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव शून्य ६ प्रतिशत घटेको छ ।

त्यसैगरी बिहिबार सोल्टी होटलको शेयर मूल्य सबैभन्दा बढी ५ दशमलव ६७ प्रतिशत वृद्धि भएको हो । त्यसैगरी दोस्रोमा ओरियण्टल होटलको शेयर मूल्य ५ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ ।

बिहिबार सबैभन्दा बढी समृद्धि फाइनान्सका शेयरधनीले गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८ दशमलव ११ प्रतिशत घटेर रू. १३६ मा झरेको छ भने सार्वधिक कारोबार नबिल बैंकको भएको हो । उक्त कम्पनीको रू. ६१ करोड ४९ लाख ६५ हजारभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।

कम्पनीले आर्कषक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै शेयर कारोबार धेरै भएको हो । प्रतिकित्ता शेयर मूल्य रू. १ हजार ४२५ पुगेको छ । त्यसैगरी सर्वाधिक कारोबार गर्ने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू. ५९ करोड ८१ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको हो ।

वि.सं.२०७७ पुस ९ बिहीवार १६:१६ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...