back
NMB ad

कलंकी क्षेत्रमा घरजग्गा कारोबारले गति लिँदै

Kumari bank ad

काठमाडौं । बन्दाबन्दीपछि उपत्यकाको कलंकी क्षेत्रमा घरजग्गा कारोवारले गति लिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्षको चैतमा देशव्यापी बन्दाबन्दी गरेपछि घर जग्गाको कारोबार घटेको थियो ।

अहिले सबैतिरको अवस्था सामान्य हुँदै गएपछि घरजग्गामा कारोबार गर्नेहरूको संख्या बढेको हो ।मालपोत कार्यालय कलंकीका अनुसार बन्दाबन्दीअघि जग्गा नामसारी, जग्गा रोक्का तथा फुकुवाका लागि दैनिक ५ सय देखि ६ सय जना कार्यालयमा आउने गर्दथे ।

बन्दाबन्दी केही खुकुलो भएपछि दैनिक ५०/६० जनाले मात्र कारोबार गर्थे । तर, तिहारपछि भने घरजग्गा कारोवार बढ्दै गएको मालपोत कार्यालय कलंकीका सूचना अधिकारी तथा अधिकृत नीलकण्ठ काफ्लेले जानकारी दिए ।

उनका अनुसार आजभोलि दैनिक २ सय जना जतिले जग्गा नामसारी, किनबेच, रोक्का तथा फुकुवाको कारोबार गरिरहेका छन् । कोरोना महामारी सामान्य हुँदै गए अबको २÷३ महिनाभित्रै कारोबार पुनः पुरानै लयमा फर्किने उनले बताए ।

कलंकीलगायत आसपासका क्षेत्रमा अहिले जग्गाको सरकारी मूल्यांकनमा भने खासै परिवर्तन भएको छैन । आर्थिक वर्ष ०७६ साउनमा नेपाल सरकारले मालपोत ऐन, २०३४ को दफा ८ (२) र मालपोत नियमावली, २०३६ को नियम ५ (ख) को प्रावधानबमोजिम जग्गाको न्यूनतम मूल्यांकन तय गरेको थियो । जसअनुसार काठमाडौंको जग्गाको मूल्यांकन पहिलेभन्दा ३० प्रतिशत सम्मले बढेको थियो ।

उक्त मूल्यांकनअनुसार नै अहिले पनि कलंकी क्षेत्रमा जग्गाको कारोबार प्रतिआना १५ लाखदेखि ३२ लाख रुपैयाँसम्ममा भइरहेको बताइएको छ । सूचना अधिकारी काफ्लेका अनुसार रिङरोड नजिकका जग्गाको सरकारी मूल्य प्रतिआना ३२ लाख रुपैयाँसम्म छ । त्यसैगरी गोरेटो बाटोमा भएको जग्गाको मूल्य १५ लाखसम्म कारोबार भइरहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार ०८:१८ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...