काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
बिहीवार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १ सय बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
वि.सं.२०७७ पुस १० शुक्रवार १०:५९ मा प्रकाशित