back
NMB ad

बीउको विकास

Kumari bank ad

काठमाडौं । नेपालमा ६० वर्षमा विभिन्न बालीका ६८९ जातका बीउ सिफारिस भएका छन् । हिमाल, पहाड र तराईमा लगाउन ७७ बालीका बीउ सिफारिस भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बीउबिजन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको तथ्याङ्कअनुसार सरकारले २०१७ देखि विभिन्न बालीको बीउ उन्मोचन, सिफारिस र दर्ता भएको छ । सबैभन्दा पहिले मध्यपहाडी क्षेत्रका लागि २०१७ सालमा गहुँको लेर्मा ५२ नामक जातको बीउ उन्मोचन भएको हो । त्यो जातको बीउ अझै पनि किसानले प्रयोगमा ल्याइरहेका छन् ।

तरकारी बढी

२०१७ देखिको सिफारिस क्रममा २०७७ मा मात्रै धान, मकै, गहुँ, पालुङ्गोका विभिन्न १७ वटा जात सिफारिस भएका छन् । यसबीचमा सबभन्दा बढी तरकारी बालीको बीउ उन्मोचन भएको पाइएको छ ।

त्यसपछि वर्षे धान र सबभन्दा कम फापरको हालसम्म एउटा जात मात्र उन्मोचन भएको छ । तरकारीका २९८ र वर्षे धानको १२९ जात उन्मोचन भएको निर्देशनालयले जनाएको छ ।

धानमा पनि चैते धानको छ, मकैको ९४, गहुँको ३२, कोदोको पाँच, जौको छ, दलहन बालीको ४३, तेलहन बालीको २१, औद्योगिक बालीको १२, आलुको १६, घाँसे बालीको १७, फलफूल बालीको सात, सखरखण्डका दुईवटा जातका बीउ उन्मोचन भएका छन् ।

अधिकांश मधेसका लागि

उन्मोचन भएकामध्ये सबैभन्दा बढी तराई–मधेस र त्यसपछि मध्यपहाड र सबभन्दा कम उच्चपहाडी भेगका लागि सिफारिस भएका छन् । चैते धानका छवटा जात सिफारिस भएका छन् । ती सबै तराई–मधेसका लागि मात्र गरिएको छ ।

सिँचाइको व्यवस्था र खेतीयोग्य जमिन तराई–मधेसमा धेरै भएको हुनाले त्यसलाई ध्यानमा राखेर सिफारिस गरेको देखिन्छ । चैतेको धानका १२९ जातमध्ये सयभन्दा बढी तराई–मधेस तथा भित्री मधेसका लागि सिफारिस भएका छन् ।

काठमाडौँ र जुम्लाका लागि एउटै

सिफारिस जातबाट प्रतिहेक्टर अढाइ मेट्रिक टनदेखि साढे छ मेट्रिक टनसम्म उत्पादन हुने भनिएको छ । २०५४ सालमा सिफारिस भएको पसाङल्हामु जातको गहुँको बीउले प्रतिहेक्टर ६।७ मेट्रिक टन उत्पादन हुने भनिएको छ । यो जात काठमाडौँ उपत्यका र जुम्लाजस्तो समान हावापानी भएको उच्च पहाडी क्षेत्रका लागि सिफारिस गरिएको छ ।

तराई–मधेसका लागि सिफारिस गरिएका जात प्रतिहेक्टर पाँच मेट्रिक टन र त्योभन्दा कम उत्पादन हुने उल्लेख छ । २०७५ सालमा दर्ता भएको पावै जातको गहुँको बीउ प्रतिहेक्टर २।१९ देखि २।७५ मेट्रिक टन उत्पादन हुने भनिएको छ ।

यो कर्णाली क्षेत्रको २३ सयदेखि ३३ सय मिटरसम्मको उचाइका लागि सो जात सिफारिस गरिएको छ । यो जातको गहुँ ३३० दिनमा पाक्नेछ । हालसम्म सिफारिस गरिएको जातमध्ये यो नै सबैभन्दा बढी समय लिएर पाक्ने जात हो । अरू जातका गहुँ १०५ देखि १८० दिनमै पाक्ने खालका छन् ।गोरखापत्र दैनिबाट

वि.सं.२०७७ पुस १२ आइतवार ०८:०१ मा प्रकाशित

You can share this post!

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...