back
NMB ad

तङ्ग्रिँदै शुक्लाफाँटा

Kumari bank ad

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय स्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल हुन थालेको छ । निकुञ्ज कार्यालयले कात्तिक १ देखि निकुञ्जभित्र प्रवेश अनुमति दिएपछि केही मात्रामा आन्तरिक पर्यटक पुग्न थालेका हुन् ।

निकुञ्ज खुलेयता मङ्सिर मसान्तसम्म ३९५ जना आन्तरिक पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेको सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिए । “चैतदेखि पर्यटन गतिविधि शून्य भएको थियो,” उनले भने, “अहिले बिस्तारै पिकअप लिइरहेको छ । ” अहिलेको विषम परिस्थितिमा झन्डै चार सय जनाले शुक्लाफाँटाको अवलोकन गर्नु पनि ठूलो कुरा रहेको सहायक संरक्षण अधिकृत चौधरीको भनाइ छ ।

दुई महिनाको अवधिमा केही आन्तरिक पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गरे पनि विदेशी पर्यटक भने शून्य छन् । विदेशी पर्यटक नआउँदा निकुञ्ज कार्यालयले राजस्व पनि धेरै उठाएको छैन ।

दुई महिनाको अवधिमा आन्तरिक पर्यटकबाट एक लाख रुपियाँभन्दा केही बढी रकम आम्दानी भएको सहायक संरक्षण अधिकृत चौधरीले जानकारी दिए । गत आर्थिक वर्षको चैत ११ सम्म स्वदेशी तथा विदेशी गरी एक हजार ५७५ जना पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका थिए ।गोरखापत्र दैनिकबाट

वि.सं.२०७७ पुस १२ आइतवार ०८:१२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...