back
NMB ad

कोरोना बीमामा डेढ अर्बभन्दा बढी भुक्तानी

Kumari bank ad

काठमाडौं । कोरोना बीमामा शुक्रवारसम्म १५ हजारभन्दा बढी ग्राहक कोरोना संक्रमण भएका बीमितले दाबी भुक्तानी पाएका छन् । बीमा समितिको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

शुक्रवारसम्म कुल १५ हजार ८७९ जनाले दाबी भुक्तानी पाएका हुन् । रकमका आधारमा रू। १ अर्ब ५४ करोड ९३ हजार लाख भुक्तानी भएको छ । साथै, ७९ ओटा आवेदन दाबीका लागि अयोग्य ठहरिएको बीमा समितिले बताएको छ ।

समितिको पछिल्ला तथ्यांक अनुसार पछिल्लो समय कोरोना बीमाको दाबी भुक्तानी चुस्त रूपमा अगाडि बढेको छ । केही समयअघि कोरोना बीमाको दाबी रकम करोडको मात्रामा थियो । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले पछिल्लो समय कोरोना बीमाको दाबी भुक्तानी ‘फास्ट ट्र्याक’मा भइरहेको बताए ।

पहिला बीमा कम्पनीहरूले दाबी भुक्तानीमा ढिलाइ गरेका थिए । विभिन्न क्षेत्रबाट यसको आलोचना हुन थालेपछि अहिले दाबी भुक्तानी चुस्त ढंगले भएको समितिको भनाइ छ ।

कात्तिक १८ गते अर्थमन्त्री विष्णु पौडेलले बीमा कम्पनी र बीमा समितिका प्रतिनिधिलाई बोलाएर कोरोना बीमाको दाबी भुक्तानी छिटो गर्न निर्देशन दिएका थिए । त्यसबेला १ हजार ७९१ जनालाई मात्र दाबी भुक्तानी भएको थियो । तर, हालसम्ममा १५ हजारभन्दा बढीले दाबी पाएका छन् । समितिका अनुसार कोरोना बीमा दाबीका लागि हालसम्म २९ हजार २७० ओटा पूर्ण कागजपत्र सहितको आवेदन आएका छन् ।

यस्तै, थप ७ हजार ४४१ आवेदन पीसीआर रिपोर्ट प्रमाणीकरणका लागि स्वास्थ्य मन्त्रालयमा पठाइएको छ । त्यसमध्ये ३ हजार ८८६ ओटा आवेदन प्रमाणीकरण भएर आएको छ भने ३ हजार ५५५ आवेदन प्रमाणीकरणको प्रक्रियामा रहेको बताइएको छ ।

कागजपत्र पूरा नभएपछि २ हजार ५३ ओटा आवेदन बीमा कम्पनीहरूलाई पठाइएको छ । साथै, ४ हजार ३१९ ओटा आवेदन बीमा पुलमा भेरिफिकेशन गर्ने काम भइरहेको समितिले जानकारी दिएको छ ।

कोरोना बीमामा बीमाशुल्क भन्दा दाबी भुक्तानी रकम बढी हुन पुगेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस १२ आइतवार ०८:१३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...