back
NMB ad

आधारभूत स्वास्थ्य सेवामा सुधार

Kumari bank ad

देउखुरी। स्वास्थ्य क्षेत्रको अधिकार स्थानीय तहमा आएपछि त्यसको सकारात्मक प्रभाव आधारभूत स्वास्थ्य सेवामा देखिन थालेको छ ।

देउखुरीको लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकास्थित स्वास्थ्य शाखाले पछिल्लो समय नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याएका छन् । योसँगै शाखाले आम नागरिकको विश्वास आर्जन गर्न थालेको छ ।

लमही नगरपालिकामा एक अस्पताल र दुई स्वास्थ्यचौकी छन् । स्थानीय सरकार बनेपछि ६ स्थानमा नगर स्वास्थ्य केन्द्र थपिएका छन् । थपिएका नगर स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य सुविधा रहेको स्वास्थ्य शाखा संयोजक लोकराज पौडेलले जानकारी दिनुभयो ।

दुरदराजका गाउँमा नगर स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । आधारभूत स्वास्थ्य सेवामा ठूलो उपलब्धि हासिल भएको संयोजक पौडेलले बताउनुभयो ।

वडा तहमा खुलेका सामुदायिक स्वास्थ्य एकाइ, नगर स्वास्थ्य केन्द्र हुन वा आधारभूत स्वास्थ्य एकाइमार्फत ३५ देखि ९० प्रकारका औषधि निःशुल्क दिने गरिएको छ ।

दीर्घरोग सम्बन्धी मधुमेह, उच्च रक्तचाप, मानसिक रोगलगायतको औषधि थपेर निःशुल्क दिन थालिएको हो । उपचार सेवालाई प्रभावकारी बनाउन एमबिबिएस डाक्टरसहित वडा तहको स्वास्थ्य इकाइमा एक अनमी, एक अहेब र एक कार्यालय सहयोगी गरी तीन कर्मचारीको व्यवस्था गरिएको छ ।

राप्ती गाउँपालिकामा दुई स्वास्थ्यचौकी र पाँच आधारभूत स्वास्थ्य संस्था छन् । लालमटिया र सिसहनिया स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर नियुक्त गरेर उपचार दिन थालेको दुई वर्ष भयो । यो पालिकाले पहाडी बस्तीमा महिनाको दुई पटक घर–घरमा पुगेर स्वास्थ्यसेवा दिने गरेको स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताउनुभयो ।

आधारभूत स्वास्थ्य उपचारमा विपन्न नागरिकको पहुँच पु¥याउन पाँच स्थानमा आधारभूत स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ । जसमा मौरीघाट, देवीकोट र पत्थरगढवामा स्वास्थ्यसेवा थालिएको स्वास्थ्य शाखा संयोजक राउतले जानकारी दिनुभयो ।

राजपुर गाउँपालिकामा भएका दुई स्वास्थ्यचौकी र १० आधारभूत स्वास्थ्य इकाइ रहेको स्वास्थ्य शाखा संयोजक कमल रोकायले जानकारी दिनुभयो । “आधारभूत स्वास्थ्य इकाइबाट पाइने सेवा सुविधा बढाएका छौं ।

८० प्रकारका औषधि निःशुल्क दिने गरेका छौं”, उहाँले भन्नुभयो, “नाका क्षेत्रमा भौगालिक विकटताका कारणले स्वास्थ्यचौकी आउन सक्ने अवस्था नभएका कारण आधारभूत स्वास्थ्य इकाइमार्फत उपचार सेवा पु¥याउँदै आएको छ ।”

यस अघि सामान्य उपचारका लागि भारत जानुपर्ने बाध्यता थियो । गढवा गाउँपालिकामा चार स्वास्थ्यचौकी र ६ आधारभूत स्वास्थ्य इकाई रहेका छन् । ३७ प्रकारका औषधि निःशुल्क वितरण गरिएको छ । सबैको स्वास्थ्यमा पहुँच पु¥याइएको स्वास्थ शाखा संयोजक कैलाश चौधरीले जानकारी दिनुभयो ।

दुई वर्षदेखि एमबिबिएस डाक्टरको दरबन्दी सिर्जना गरेर सेवा प्रभावकारी बनाएको छ । स्वास्थ्यको पहुँचबाट टाढा रहेका नागरिकलाई स्वास्थ्यसेवा पुगेको चौधरीले बताउनुभयो ।

वि.सं.२०७७ पुस २१ मंगलवार १२:३२ मा प्रकाशित

You can share this post!

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...