back
NMB ad

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा

Kumari bank ad

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत बागलुङको मालुढङ्गादेखि पाल्पाको पिपलडाँडा खण्डसम्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

करिडोरअन्तर्गत बागलुङको मालढुङ्गादेखि गैँडाकोटसम्मको सडकखण्डमध्ये पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाअन्तर्गत यम्घाको मन्द्रानमा ५०० मिटर सडकको ट्रयाक खुल्ने बाहेक सबै काम अन्तिम चरणमा पुगेको हो ।

यस खण्डमा कडा चट्टाने पहाड भएकाले सामान्य मेसिन र प्रविधिले चट्टान फुटाउन नसक्दा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले त्यसको आवश्यक प्रक्रिया अगाडि बढेको कार्यालयले जनाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पाल्पामा ३० किलोमिटर सडक पर्दछ ।

राम्दीदेखि मालढुङ्गासम्मको ५०० किलोमिटर सडकको ट्रयाक खोल्ने कामअन्तर्गत पाल्पाको रानीमहल रिडी, दैलातुङ रानीमहल, राम्दी दैलातुङ सडकखण्डमा ठेक्का सम्झौता भए पनि चट्टाने पहाड भएकाले काम गर्न समस्या परेको हो ।

ट्रयाक खोल्न बाँकी रहेको ५०० मिटर क्षेत्रमा कडा खालको चट्टाने भाग रहेको क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी फुटाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय पाल्पासँग समन्वय गरेर काम गर्न कार्यालयलाई पत्राचार गरिएको आयोजनाका प्रमुख सुवोधकुमार देवकोटाले बताए ।

भारतीय कम्पनीको जिम्मेवारीमा रहेको पाल्पा जिल्लाको राम्दी, गैँडाकोट खण्ड १३१ किलोमिटरमध्ये १२ किलोमिटरमा कालोपत्र भइसकेको छ ।

हालसम्म यस सडक खण्डमा आठ अर्ब ४५ करोडमध्ये नेपाल सरकारबाट दुई अर्ब ९३ करोडको ठेक्का सम्झौता भएको र दुई अर्ब ५२ करोड रकम खर्च भइसकेको आयोजनाले जनाएको छ ।

यस सडक खण्डमा गत कात्तिक मसान्तसम्ममा नेपाल भारत सरकारको गरी चार अर्ब ३१ करोड खर्च भइसकेको करिडोर कार्यालयका प्रमुख देवकोटाले बताए ।

नेपाल सरकारसँगको सम्झौता अनुरुप भारतको एक्जीम बैंक ऋण सहयोगमा भारतीय निर्माण कम्पनीले साढे पाँच अर्बको लागतमा पाल्पाको राम्दीदेखि गैँडाकोटसम्मको १३० किलोमिटर सडकको ट्रयाक खोल्ने, ग्राभेल गर्ने, कालोपत्र गर्ने कार्य तीव्रगतिमा अगाडि बढेको छ ।

यसैगरी नेपाली सेनाले निर्माणको जिम्मा पाएको रिडीदेखि बागलुङ खण्डमा कालोपत्र गर्ने कार्य बाँकी रहेको छ । बागलुङको मालढुङ्गासम्म २४५ किलोमिटर र स्याङ्जाको मिर्मी, पर्वतको अमर्दीसम्म ट्रयाक खुलिसकेको छ ।

मिर्मी रानीपानी खण्डमा कालोपत्रको कार्य बाँकी छ । राम्दीदेखि गैँडाकोट खण्ड भारतीय कम्पनीको जिम्मेवारीमा रहेको छ । यस अन्तर्गत १३१ किलोमिटर सडकमध्ये १२ किलोमिटरमा मात्र कालोपत्र भएको छ ।

यस आयोजनाको निर्माणकार्य सम्पन्न भएपछि भारत र चीनसँग जोड्ने छोटो मार्गका रुपमा भएकाले राज्यले ठूलो धन राशि खर्चिएर राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको हो । कालीगण्डकी करिडोर सडकमार्गको काम धमाधम हुन थालेपछि गाउँमा विकासको लहर छाउन थालेको छ ।

उत्तर दक्षिण जोड्ने लोकमार्गका रुपमा लिइएको यस आयोजनासँग जोडिएका स्थानीयवासी धमाधम काम अगाडि बढेपछि गाउँमै बसेर विभिन्न पेशा व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको छ भने स्थानीय नागरिक हर्षित भएका छन् ।

सो सडकखण्डको कार्य सम्पन्न भई यातायातका साधन सुचारु भएपछि विकासमा ठूलो परिवर्तन आउने रम्भा गाउँपालिका–१ हुङ्गीका स्थानीयवासी जगन्नाथ भण्डारीले बताए । “करिडोर निर्माण कार्य शुरु हुनुभन्दा अगाडि विकासका दृष्टिकोणले पछाडी परेको यस क्षेत्रका स्थानीयवासी बसाइँसराइको क्रम बढेको थियो, करिडोर निर्माणको कार्य अगाडि बढेपछि अन्यत्र घर बनाउने तयारीमा थिए, अहिले करिडोरको काम दु्रतगतिमा अगाडि बढेको देखेपछि गाउँमै नयाँ घर बनाएर यहीँ बस्ने योजना बनाए, करिडोरको काम सकिएपछि गाउँ नै शहर बन्नेछ” उनले भने ।

यतिखेर कालीगण्डकी करिडोरसँग जोडिएका गाउँ बस्तीमा ठूला ठूला कृषिफार्म, पशुफार्म शुरु गर्न थालिएको छ । स्थानीय उत्पादनलाई बजारीकरणको लागि यातायात सहज हुने भएकाले कालीगण्डकी करिडोरलाई लक्षित गरी व्यावसायिक कृषिमा जोड दिन थालेको स्थानीयवासी रामचन्द्र ढकालले बताए । “सडकमार्ग निर्माणको काम अगाडि बढेपछि यस क्षेत्रलाई जिल्लाकै गोलभेँडा जोनको रुपमा विकास गर्न टनेलभित्र गोलभेँडाखेती शुरु गरिएको छ, प्रारम्भिक चरणमा चार टनेलमा शुरु गरियो भने सडकमार्ग सम्पन्न भएपछि ठूलो सङ्ख्यामा टनेल बनाउने योजना छ” ।

वि.सं.२०७७ पुस २१ मंगलवार १६:१५ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...