back
NMB ad

प्रतिकेजी १४० रुपैयाँले बढ्यो कुखुराको मासुको मूल्य !

Kumari bank ad

काठमाडौं । व्यापारीले कुखुराको मासुमा अस्वाभाविक मूल्य बढाएका छन् । कुखुराको मासुमा एक महिनाको बिचमा व्यापारीले प्रतिकेजी १ सय ४० रुपैयाँ सम्म बढाएका छन् ।

मंसिर महिनामा उपभोक्ताले प्रतिकेजी २ सय ८० रुपैयाँमा पाउने गरेको कुखुराको मासु अहिले प्रतिकेजी ४ सय २० रुपैयाँमा किनेर खानु परेको छ । बजारमा सरकारको उपस्थित नहुँदा विचौलियाले कुखुराको मासुमा मनपरी मुल्य बृद्धि गरी उपभोक्तालाई ठगी रहेको उपभोक्ताको भनाइ छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले अनुगमन नभएकै कारण बजारमा विचौलियाको अराजकता बढेको बताए ।विचौलियाले बजारमा कुखुराको मासुको मुल्य मनपरी बढाएर उपभोक्ता ठगेको बताए ।

बजार मुल्य नियन्त्रण गर्ने अधिकार पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन नभएकै हुँदा बजारमा विचौलियाको अराजकता बढेको अध्यक्ष महर्जनको भनाइ छ । ‘पछिल्लो समय होटेल व्यवसाय ठप्प छन् । पुस महिनामा कुनै विहे ब्रतबन्ध । अन्य समय भन्दा मासुको खपत पनि कम हुन्छ, ।त्यसकारणले पनि अहिले कुखुराको मासुको मुल्य कम हुने पर्ने हो ।’ उनले भने, ‘ तर यहाँ उल्टो भएको छ । व्यापारीले दैनिक १० रुपैयाँका दरले कुखुराको मासुमा मुल्य बढाउने काम गरेका छन् ।

अघिल्लो महिना २ सय ८० रुपैयाँमा पाउने प्रतिकेजी कुखुराको मासुमा पुस महिना सुरु भए देखि मासुमा मुल्य बढाएर ४ सय रुपैयाँ देखि ४ सय २० रुपैयाँ लिन थालेका छन् ।’

अध्यक्ष महर्जनको भनाई अनुसार यस्तो समय (राजनीतिक संक्रमण)मा सरकारी कर्मचारी, व्यापारी र नेताहरुको साँटगाठ हुने हुँदा बजारमा विचौलियाको कब्जामा पुग्छ ।

वि.सं.२०७७ पुस २२ बुधवार १८:२५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...