काठमाडौं । सिटीजन्स बैक इन्टरनेशनलले विशेष साधारण सभा माघ १५ गते गर्ने भएको छ । कम्पनीले बैंकको प्रधान कार्यालय रहेको नारायणहिटी पथ, दरबारमार्गमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ ।
सभाले यस सिटीजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । तिनाउ मिसन डेभलपमेण्ट बैंकको १०० कित्ता बराबर सिटीजन्स बैंकको ९६ कित्ता शेयर (१०० : ९६) शेयर मूल्य अनुपात कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्तिपछि बैंकको चुक्तापूँजी रू. ११ अर्ब ६६ करोड २० लाख पुग्नेछ । बैंकको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
वि.सं.२०७७ पुस २३ बिहीवार १५:११ मा प्रकाशित