back
NMB ad

बाघखोर-खम्बुखा सडक निर्माण अन्तिम चरणमा

Kumari bank ad

भोजपुर। बाघखोर–तिम्मा खम्बुखा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । जिल्लाको चक्रपथका रूपमा विकास हुँदै गरेको सो सडकको सङ्घीय सरकारको रु दुई करोड लागतमा गत असोजबाट स्तरोन्नति थालिएको हो ।

सडकलाई वर्षात्को समयमा समेत यातयात सञ्चलान गर्ने गरी चौडा गर्ने, बढी हिलो हुने ठाउँमा ग्राबेल गर्ने, टेवा पर्खाल भर्नेलगायतका काम भइरहेको छ ।

साँघुरो कच्चीबाटो त्यसमाथि वर्षात्को समयमा हिलाम्य बनेर यातायात सेवा अवरोध हुँदा वषौँदेखि सास्ती भोग्दै आएका स्थानीय सडक स्तरोन्नति हुन थालेपछि खुशी भएका छन् ।

हिउँदको समयमा जसोतसो यात्रा गर्दै आएका यस क्षेत्रका स्थानीयवासी वर्षात्को समयमा भने यातयात सेवाबाट बञ्चित हुँदै आएका थिए । करिब आठ किलोमिटर क्षेत्र भोजपुर नगरपालिकाको भूभाग पर्ने भए पनि नगरपालिकाले बेवास्ता गर्दा टेम्केमैयुङ–१ तिम्माका मानिसले समेत समस्या भोग्नुपरेको स्थानीयवासीको गुनासो छ ।

स्थानीय उपेन्द्र राउतले भन्नुभयो, “यस क्षेत्रका हामीले वर्षौँदेखि सडकको समस्या भोग्दै आएका छौँ, आठ किलोमिटर सडक नगरपालिका क्षेत्रमा पर्ने भए पनि हालसम्म नगरपालिकाले एक पैसा लगानी गरेको छैन, यस क्षेत्रमा मानिसको बसोबास छ भन्नेसमेत नगरलाई थाहा छैन होला, तर अब भने वडा कार्यालयको पहलमा केन्द्रबाट बजेट विनियोजन भएपछि स्तरोन्नतिको काम भइरहेको छ, यसले हामीलाई राहत पुगेको छ ।”

सडक स्तरोन्नतिले विगतका दिनमा कष्टकर यात्रा गर्दै आएका स्थानीयवासीलाई राहत पुग्ने वडा कार्यालयले जनाएको छ । साथै वडा कार्यालयले स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राख्दै केन्द्र, प्रदेश सरकारसँग पहल गरेर सडक विस्तारलगायत अन्य विकास निर्माणका काम गर्दै आएको जनाएको छ ।

वडाध्यक्ष नरबहादुर राईले भन्नुभयो, “भोजपुर सदरमुकामसँग सहज पहुँच बनाउने यो सडकको स्तरोन्नति गरिरहेका छौँ, सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ, भोजपुरको रिङरोडको रुपमा विकास भइरहेको यो सडकलाई सेती बगरसम्म विस्तार गर्नका लागि गाउँपालिकाले पनि रु एक करोडको बोलपत्र आह्वान गरेर काम गर्ने तयारी गरेको छ ।”

वडामा आउने थोरै बजेटमा पनि सरोकारवाला निकायसँग समन्वय गरेर स्वास्थ, शिक्षा, कृषि, सडक विस्तारलगायत काममा वडा कार्र्यालयले गरिरहेको कामको स्थानीयवासीले प्रशंसा गर्दै आएका छन् । टोल बस्तीसम्म कृषि सडक विस्तारमा वडा कार्यालयले भूमिका खेलिरहेकाले स्थानीय उत्पादनलाई भोजपुर बजारसम्म लैजान विगतका दिनभन्दा केही सहज भएको स्थानीयवासी बताउँछन् । सडकलाई बाह्रै महिना सञ्चालन हुने तवरबाट विस्तार गरिनुपर्ने उनीहरुको भनाइ छ ।

स्थानीयवासी देवेन्द्र राउतले भन्नुभयो, “सडक विस्तार भएसँगै हाम्रो जीवनस्तरमा समेत परिवर्तन भएको छ, घण्टौँसम्म डोकोमा बोकेर यहाँका कृषिजन्य उपजलाई बजारसम्म लैजानुपर्ने अवस्था थियो, अहिले घरदैलोबाटै बजार लैजान पाएका छौँ, सडक विस्तारलगायत अन्य क्षेत्रमा वडा कार्यालयले खेलिरहेको भूमिकाप्रति हामी खुशी छौँ ।”

तोकिएको समयअगावै काम सक्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी युडी विल्डर्सले जनाएको छ । सडक स्तरोन्नतिको काम गत असोजमा सम्झौता भएको थियो भने आगामी चैतमा सक्नु पर्नेछ । जिल्लाको महत्वपूर्ण रिङरोडका रूपमा विकास भइरहेको गाउँपालिका क्षेत्रको करिब ७५ किलोमिटर क्षेत्रमा विस्तार हुने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिनुभयो । सो सडकले वडा नं १ तिम्मा, २ छिनामखु, ४ अन्नपूर्ण, ४ नागी, ५ खावा, ६ र ७ कोट, ८ गोगने र ९ लेखर्कलाई सडक पहँुचमा जोड्ने अध्यक्ष राईले बताउनुभयो ।

अध्यक्ष राईले भन्नुभयो, “महत्वपूर्ण सडकका रूपमा रहेको छ, अहिले तिम्मा खण्डमा करिब नौ किलोमिटर खण्डमा काम भइरहेको छ, त्यो भोजपुर नगरपालिकाको पनि भूभाग हो, हामीले यस क्षेत्रमा सडक विस्तारका लागि हालसम्म रु तीन करोड बजेट लगानी गरिसकेका छौँ । यस वर्ष पनि रु एक करोड बजेट विनियोजन गरेका छौँ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १५:१७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...