back
NMB ad

भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई कार्यालय स्थापना

Kumari bank ad

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन इकाई कार्यालय स्थापना गरिएको छ । आयोगसँग हालै भएको कार्य सम्झौता अनुसार तिलोत्तमाले लगत सङ्कलन इकाई स्थापना गरेको हो ।

इकाई कार्यालयको नगर प्रमुख वासुदेव घिमिरेले शुभारम्भ गर्नुभयो । तिलोत्तमा नगर स्तरीय भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास लगत सङ्कलन एवं सहजीकरण समितिको पहिलो बैठकपछि इकाई स्थापना गरिएको हो ।

नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं राजनीतिक दलका प्रमुख र सदस्यलगायत सहभागी समितिको बैठकले इकाईमा रहने प्राविधिक तथा अन्य १६ जना कर्मचारीहरूको व्यवस्थापन गर्ने लगायतका निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले अनुसूची २ बमोजिमको विवरण आयोगमा पठाउने, प्रशासनिक काम तत्काल मिलाउने र त्यसपश्चात् आयोगलाई सूचना प्रकाशित गर्न अनुरोध गर्ने लगायतका निर्णय समेत गरेको छ ।

सो अवसरमा नगर प्रमुख वासुदेव घिमिरेले नगरपालिकामा जनप्रतिनिधि आएसँगै भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अव्यवस्थित बसोबास तथा सार्वजनिक जग्गाको लगत सङ्कलन गर्नेलगायतका कामलाई प्राथमिकता दिइएको स्पष्ट पार्नुभयो ।

अब आयोगसँग भएको कार्य सम्झौता अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउने काम अघि बढ्ने उहाँले भनाइ छ । इकाई कार्यालयमार्फत आयोगले बनाएको फारमको ढाँचाअनुसार लगत सङ्कलन गरिने उहाँले बताउनुभयो ।

वि.सं.२०७७ पुस २३ बिहीवार १५:२४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...