back
NMB ad

राष्ट्रिय गौरवको भेरी बबईमा दोस्रो चरणका काम धमाधम

Kumari bank ad

कर्णाली । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोना महामारीकै अवधिमा दोस्रो चरणको कामहरु धमाधम अघि बढाएको छ । प्रभावित क्षेत्रकाबासिन्दालाई मुआब्जा वितरणसँगै बाँध तथा विद्युतगृह निर्माणलाई निरन्तरता दिएको हो ।

यही अवधिमा निर्धारित मिति भन्दा एक वर्ष अगावै सम्पन्न भएको सुरुङ आयोजनालाई हस्तान्तरण गरिएको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरङ ओभरसिज प्रालि ९कोभेक० ले टनेल बोरिङ मेसिन (टिबिएम) का सहायताले निर्माण गरेको उक्त सुरुङ सिचाइँ विभागलाई हस्तान्तरण गरेको हो ।

अमेरिकी कम्पनीद्वारा निर्मित चालकरहित अत्याधुनिक प्रविधिको टिबिएमले २०७५ चैतमा १२ किमी २१० मिटर लामो सुरुङ निर्माण कार्य पुरा गरेको थियो । सुरुङ हस्तान्तरण गरेपनि एक वर्षसम्ममर्मत–सम्भारको काम भने कोभेकले गर्नुपर्नेछ ।

आयोजनाले प्रभावित क्षेत्रकाबासिन्दालाई मुआब्जा वितरण गरिसकेको जनाएको छ । हाल सम्म लालपुर्जा भएका ४८ परिवारले ५० कित्ता बराबरको मुआब्जा लिएका छन् ।

आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले प्रभावित क्षेत्रमा लालपुर्जा भएका सबैलाई मुआब्जा वितरण गरिसकेको तथा ऐलानी र फिल्डबुकमा समावेश भएकाको हकमा सरकारले निर्णय लिन बाँकी रहेको बताए । उनले जिल्ला मुआब्जा निर्धारण समितिको निर्णय अनुसार १२ करोड ३५ लाख वितरण गरिएको जानकारी दिए ।

चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजना बीच २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम नदीको बहाव फर्काउने बाँध (कफर ड्याम) को काम शुरु गरिएको छ ।

गतवर्ष भदौबाट थालिएको सर्ज साफ्टको १२ प्रतिशत निर्माण पुरा भएको जनाइएको छ । “साइट क्याम्पनिर्माण भइसकेको छ, क्रसर र क्रंक्रिट प्लान्ट उत्पादनकालागितयारी अवस्थामा छ,” इन्जिनियर पण्डितले भने, “बाँधस्थल चिप्लेमा छिन्चु–जाजरकोट सडकलाई ८०० मिटर जति डाइभर्सन गर्नुपर्नेछ, त्यसको तयारी पनि पुरा भइसकेको छ ।” बाँधकाकारण सडक डुबानमा पर्न सक्ने हुँदा रुट परिवर्तन गर्नुपरेको हो ।

दोस्रो चरणमा विद्युतगृह (पावर हाउस), ब्यारेज, सर्ज साफ्ट लगायतका संरचना पर्दछन् । भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेज सहितको ब्यारेज निर्माण गरिँदैछ । ११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ ।

यी सबै काम शुरु गरिएको आयोजनाको भनाई छ । कम्पनीले दोस्रो चरणका सबै कार्यहरु आर्थिक वर्ष २०७९(८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ । दोस्रो चरणका संरचना निर्माणमा छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुनेछ । आयोजनाको कूल संशोधित लागत भने ३३ अर्ब १९ करोड रहेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका ५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङ मार्फत वडा नं ११ हात्तिखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

सङ्घीय सरकारले आफ्नो स्वामित्व रहने गरी भेरी बबई डाइर्भसन जलविद्युत कम्पनी स्थापना गरी शेयर बाँडफाड गरिसकेको छ । त्यस्तै, लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य रहेको छ ।

कर्णालीमा साहसिक खेल माघमा

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले माघ अन्तिम साता कर्णालीमा साहसिक खेल सञ्चालन गर्ने तयारी गरेको छ । खेलकूदको माध्यमबाट पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले साहसिक खेल प्रतियोगिता आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका प्रमुख जवाहरलाल हमालले साहसिक खेलका रूपमा जलयात्रालाई सञ्चालन गर्न लागिएको जानकारी दिए । “पर्यटक आकर्षित हुने एक प्रमुख गन्तव्य साहसिक खेल पनि हो, यस प्रकारका खेल गतिविधिले पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउनेछ”, उनले भने, “मिति यकिन नभए पनि माघको अन्तिम सातासम्म प्रतियोगिता सञ्चालन गर्ने गरी आवश्यक तयारीमा जुटेका छौँ ।” मन्त्रालयले चालु आवमा साहसिक खेल सञ्चालनका लागि आठ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष साहसिक खेल सञ्चालनका लागि बजेट विनियोजन गरे पनि खर्च हुनसकेको थिएन ।

जलयात्रा खेलले नदी किनारका बासिन्दालाई आयआर्जन एवं रोजगारीमा जोड्ने मन्त्रालयको अपेक्षा छ । भेरी नदी किनारमा राजीलगायतका लोपोन्मुख जनजातिको बसोबास छ । कर्णाली र भेरी नदीमा जलयात्रा खेल प्रतियोगिता सञ्चालन हुनेछ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १६:०३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...