back
NMB ad

व्यापारीहरुलाई आयो यस्तो कडा निर्देशन, अब यस्ता कुरामा ध्यानदिनुहोस् !

Kumari bank ad

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यापारीहरुलाई गुणस्तरीय सामान मात्रै बिक्री गर्न निर्देशन दिएका छन् ।

नगरपालिकाले आज (बिहीवार) कार्यालयमा आयोजना गरेको भक्तपुर नगरपालिका क्षेत्रभित्रका पसल व्यवसायीको भेलामा यस्तो निर्देशन दिएका हुन् ।

मानिसको जीउज्यान खतरामा हुने अखाद्य वस्तु बिक्री नगर्न, गुणस्तरीय सामान मात्रै बिक्री गर्न, प्रत्येक पसलमा मूल्यसूची राख्न, म्याद गुज्रेका सामान छुट्टै राखेर नष्ट गर्न उनले निर्देशन दिए ।

बजार अनुगमनमा व्यवसायीले निकै लापरवाही गरेको सन्दर्भ कोट्याउँदै उनले समयमै पसल दर्ता गर्नुपर्ने, नगरपालिकामा तिनुपर्ने कर समयमै तिर्नुपर्ने तथा सरसफाइमा ध्यान दिएर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नगरप्रमुख प्रजापतिले व्यापार सेवा व्यवसाय भएको बताउँदै सामान बिक्री गर्दा बिक्री मूल्य उल्लेख गरी गुणस्तरीय सामान बेचबिखन गरी उपभोक्ताको मन जित्ने ढङ्गले व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । व्यवसायीका कारण उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र व्यवसाय नै खतरामा पर्ने सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

उनले नगरपालिकाको बजेट नगरवासीकै हितमा प्रयोग गर्ने उद्देश्यले उपभोक्ता समितिमार्फत भौतिक निर्माणकार्यलाई प्राथमिकता दिएको बताउँदै सम्पदा बचाउने अभियानमा नगरपालिका लागेको जानकारी दिए ।

कार्यक्रममा भनपा–७ का वडाध्यक्ष उकेश कवां, वडा नं ३ का अध्यक्ष एवं बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोरा, वडा नं ६ का अध्यक्ष एवं बजार अनुगमन समितिका सदस्य हरिराम सुवाल, बजार अनुगमन समितिका सदस्य रोशनमैँया सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापतिले बजार व्यवस्थित हुनसके मात्रै नगरवासीको स्वास्थ्य राम्रो हुने बताए ।

भेलामा आएका व्यवसायीले आफ्ना व्यावसायिक समस्या र नगरपालिकाले दिनुपर्ने सुविधाका बारेमा धारणा राखेका थिए ।

वि.सं.२०७७ पुस २३ बिहीवार १६:१० मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...