back
NMB ad

विनाधितो ऋण प्रवाहलाई प्रभावकारी बनाउन छलफल

Kumari bank ad

जनकपुरधाम । प्रदेश नं २ मा साहु महाजनबाट चर्को ब्याजमा ऋण लिई वैदेशिक रोजगारीमा जाने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने लक्ष्य लिई विनाधितो ऋण प्रवाहलाई प्रभावकारी बनाइएको छ ।

प्रदेश नंं २ को सरकार, सीप विकास परियोजना, नेपाल एसबीआई बैंक र प्रभु विकास बैंकबीच भएको सम्झौताअनुरूप सो योजनालाई प्रभावकारी बनाइएको हो ।

सो योजनाअन्तर्गत सीप विकास परियोजनाको सहयोगमा वैदेशिक रोजगारमा जाने युवालाई विनाधितो सहुलियत दरमा ऋण प्रवाह गरिँदै आएको छ ।

परियोजनाले प्रभु विकास बैंकमार्फत रौतहट, सप्तरी, सर्लाही, बारा र पर्सा तथा नेपाल एसबीआई बैंकले सिरहा, धनुषा र महोत्तरीमा यस्तो सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रारम्भमा वैदेशिक रोजगारीमा जानेलाई मात्र सो सुविधा उपलब्ध भएकामा हाल जाने र फर्केकालाईसमेत सो सु्विधा उपलब्ध गराइएको छ । परियोजनाद्वारा धनुषा जिल्लाको लक्षमिनियाँको आप्रवासी बहुद्देश्यीय सहकारी संस्थामा आयोजित ऋण प्रवाह, प्रक्रिया, समस्या र समाधान विषयक छलफल कार्यक्रममा सो जानकारी दिइएको हो ।

सो परियोजनाअन्तर्गत वैदेशिक रोजगारीबाट फर्केकालाई स्वरोजगारसम्बन्धी कार्य गर्न रू तीन लाख ऋण दिने गरेको छ भने वैदेशिक रोजगारीमा जानेलाई रू एक लाख ५० हजार ऋण सुविधा उपलब्ध गराउँदै आएको छ ।

छलफल कार्यक्रमा नेपाल एसबीआइ बैंक जनकपुरका प्रमुख दीपेन्द्र ठाकुर र परियोजनाका प्रदेश प्रमुख मोहम्मद साविरले विनाधितो ऋण प्रवाह सहजीकरण, सरकारको अवधारणा, दक्ष जनशक्ति उत्पादन, सीपको उपादेयताबारे जानकारी गराउनुभएको थियो ।

वि.सं.२०७७ पुस २५ शनिवार १४:५२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...