back
NMB ad

पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न

Kumari bank ad

काठमाडौं । धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न स्थानमा पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अनुदान सहयोगमा सो सडक पुनर्निर्माणको काम गरेको थियो ।

झण्डै एक दशक पहिले जाइकाको आर्थिक सहयोगमा सो सडकको निर्माण भएको थियो । विसं २०७२ को भूकम्पमा पाँच ठाउँमा ठूलो पहिरो गएर सडक पूरै भत्किएको थियो ।

सडक निर्माण सकेर यही महिनामा हस्तान्तरण गर्न लागेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताएका छन् । उनका अनुसार यी स्थानमा पहिरोको नियन्त्रण गरी सडक पुर्नस्थापनाको काम भएको छ ।

जाइकाले एक अर्बभन्दा बढीको अनुदान सहयोगमा निर्माणको काम गरेको थियो । उनले भने, “अझैसम्म कोभिड पूरै नहटेको भए पनि काम भइरहेको छ ।”

धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले अरु विभिन्न खण्डमा मर्मतको काम गरिरहँदा जाइकाको अनुदानमा सडक पहिरोका कारण क्षतिग्रस्त भएका स्थानमा पुर्नस्थापना भइरहेको हो ।

विश्वव्यापी फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पूरै नहटेकाले अरु दातृ निकायको सहयोगमा निर्माणाधीन सडक निर्माण अघि बढ्न नसके पनि जाइकाको सहयोगमा निर्माण भएका आयोजना अघि बढेको विभागले जनाएको छ ।

यो सडकसँगै जाइकाले नागढुङ्गा–सिस्नेखोला पनि अघि बढाइरहेको छ । चीन सरकारको सहयोगमा निर्माण भएको सडक ठप्प छ भने भारत सरकारको सहयोगमा निर्माण भएका निर्माण अघि बढे पनि सुस्त गतिमा काम भएको विभागले जनाएको छ ।

वि.सं.२०७७ पुस २७ सोमवार ११:०१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...