काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । साताको शुरुको दिन आइतवार प्रतितोला ९३ हजार रहेको छापावाला सुनको मूल्य आज तोलामा ८ सयले गिरावट आएको छ ।
आज प्रतितोला सुन ९२ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रवार सुनको मूल्य ९५ हजार ३ सय रहेको थियो । आइतवार सुनको मूल्य एकैपटक २३ सयले कमि भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ७ सय रहेको छ । महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य तोलामा ४० रुपैयाँले कमि आएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १२ सय ७० रहेको थियो । भने आज प्रतितोला चाँदी १२ सय ३० कायम भइ कारोबार भइरहेको छ ।
वि.सं.२०७७ पुस २७ सोमवार ११:१६ मा प्रकाशित