back
NMB ad

अरुण गाउँपालिकामा तीन धर्मका धार्मिक संरचनाको शिलान्यास

Kumari bank ad

भोजपुर । धार्मिक सहिष्णुता कायम गर्ने लक्ष्यका साथ यहाँ एकै स्थानमा तीन धर्मका धार्मिक संरचना बन्ने भएका छन् ।

 

अरुण गाउँपालिका– ३ प्याउलीको म¥याङ डाँडाका हिन्दू, बौद्ध र किराँत धर्मका छुट्टाछुटै संरचनाको शिलान्यास गरिएको हो । सबै संरचनाका तीन वटै धर्मका धार्मिक गुरुले शास्त्रीय विधिअनुसार शिलान्यास गरेका हुन् ।

अरुण बहुउद्देश्य आध्यात्मिक प्रतिष्ठानले स्थानीय तोरण कार्कीले निःशुल्क रुपमा दिएको करिब २० रोपनी क्षेत्रफलमा मन्दिरसँगै सामुदायिक अथिति गृहको पनि शिलान्यास गरिएको हो । त्यहाँ निर्माण हुने संरचनाको ९२ करोड ९८ लाख १२ हजार ९५४ बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको प्रतिष्ठानका अध्यक्ष चुँडामणि दाहालले जानकारी दिए । गुरुकुलको आगामी १० वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

 

 

 

हिन्दू धर्मको प्यागोडा शैलीको शिव मन्दिर, बौद्ध धर्मालम्बीको गुम्बा र किराँतको किराँत घर निमार्ण हुनेछ । त्यस्तै अतिथि, भत्तजन तथा आमन्त्रितलाई लक्षित गरेर बहुउद्देश्य अथिति गृह, हिन्दू, बौद्ध र किराँत धर्मका ज्ञान लिन आउने विद्यार्थीका लागि छात्रावास, सबै धर्मका सङ्ग्रहालय, खेल मैदान, कबड हल, ध्यान केन्द्र, योग भवनलगायत संरचना बन्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको प्रतिष्ठानले जनाएको छ ।

तीन वटै धर्मका पाठशालासमेत स्थापना हुने जनाइएको छ । पछिल्लो समय धर्मको बाहानामा देखिएका विभिन्न खाले समाजमा विखण्डन ल्याउने खालका क्रियाकलाप नियन्त्रण गर्न यसले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । ठूलो रकमको विस्तृत परियोजना प्रतिवेदन तयार भएकाले रकम जुटाउनका लागि केन्द्र, प्रदेश तथा स्थानीय निकायसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ ।

 

 

गाउँपालिका अध्यक्ष गजेन्द्र कार्कीले भने, “हामीले सबै धर्मबीच सद्भाव स्थापना गर्नका लागि मन्दिर निर्माणको शिलान्यास गरेका छौँ, विस्तृत परियोजना प्रतिवेदनअनुसार यहाँ सबै संरचना निर्माण गर्न निकै धेरै रकमको आवश्यकता देखिएको छ, हामीसँग अहिले धेरै रकम त छैन, तर केन्द्र सरकार, प्रदेश सरकार स्थानीय सरकार तथा अन्य दाताको खोजी गरेर कामलाई सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’’

संरचनाको यसअघि सञ्चालन गरिएका विराट महायज्ञ तथा अरुण सांस्कृत महोत्सवबाट सङ्कलन गरिएको ५५ लाख लागतबाट निर्माण शुरु गरिएको हो । गाउँपालिकाले ठूलो लक्ष्यका साथ सबै धर्मलाई समेटेर धार्मिक गुरुकुल निर्माण गर्न लागेकाले पौवादुङमा गाउँपालिकाले पनि सहयोग गर्ने गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

वि.सं.२०७७ पुस २७ सोमवार १२:५७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...