काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको छ ।
सधारणसभा तथा लाभांश प्रयोजनको लागि सिद्धार्थ बैंकले भोलीबाट बुक क्लोज गर्ने भएसँगै बैंकको शेयर खरिदकर्ताको चाप बढेको छ ।बैंकको लाभांश आजसम्म कायम शेयरधनीले मात्र पाउने छन् ।
यस अघि बैंकको सञ्चालक समितिले गत आवको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल १५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले माघ १६ गते शुक्रबार बालुवाटारको आम्रपाली ब्यांक्वेटमा साधारण सभा आह्वान गरेको छ । आज कम्पनीको ४७२ रुपैयाँमा ४२ करोड ६२ लाख बराबरको कारोबार भएको छ । बैंकको शेयर मूल्य भने १.२९ प्रतिशतले मात्र बढेको छ ।
वि.सं.२०७७ पुस २७ सोमवार १६:१५ मा प्रकाशित