back
NMB ad

छ करोड ८० लाख लागतमा त्रिशूली नदीमा मोटरेबल बेलिब्रिज निर्माण

Kumari bank ad

रसुवा । हाकु क्षेत्रका बासिन्दालाई यातायातको पहुँच पु¥याउन त्रिशूली नदीमा बेलिब्रिज निर्माण गरिएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१ को सीमास्थित त्रिशूली नदीमा अपर त्रिशूली वान नामक जलविद्युत् आयोजनाले ४० मिटर लामो बेलिब्रिज निर्माण गरेको हो ।

भौगोेलिक रुपमा विकट रहेको हाकु क्षेत्रका बासिन्दालाई यातायातको सुविधा पु¥याउन मोटरेबल बेलिब्रिज निर्माण गरिएपछि त्यस क्षेत्रका बासिन्दा हर्ष विभोर भएका छन् । सो बेलिब्रिजको भार बहन क्षमता ४० टन रहेको बताइएको छ ।

बेलिब्रिजका लागि आवश्यक पर्ने सामान खरीद तथा जडान एवं ३०० मिटर पहुँच मार्गलगायत संरचना निर्माणका लागि छ करोड ८० लाख खर्च भएको उक्त आयोजनाका महाप्रबन्धक गिरीराज अधिकारीले बताए ।

२१६ मेगावाट क्षमताको अपर त्रिशूली वान जलविद्युत् आयोजनाले स्थलगतरूपमा आफ्ना गतिविधि कार्यरम्भ शुरु गर्नुपूर्व नै प्रभावित क्षेत्रमा बेलिब्रिज बनाई समुदायमाझ सम्मान गरेको हो ।

नवनिर्मित बेलिब्रिजले हाकु, नेशिङ एवंम् लुमराङ क्षेत्रमा बसोबास गर्ने करीब चार–पाँच सय घरपरिवारलाई सवारी साधनमा नियमित ओहोरदोहोर गर्न र आयोजनाको निर्माण सामग्री ढुवानीमा सहज पार्ने आमाछोदिङ्मो गाउँपालिका–१ का वडाध्यक्ष निमा ढिण्डु तामाङले जानकारी दिए ।

स्याफ्रु ९मैलुङ अन्तर्राष्ट्रिय राजमार्गबाट सहायक मार्गका रूपमा खोलिएको नौ किमी हाकु ग्रामीण सडक बाह्रै महिना चल्ने स्थानीय बासिन्दाले अपेक्षा राखेका छन् ।

स्थलगतरूपमा कार्यारम्भ गर्नुपूर्व नै पुल निर्माण गरी आयोजनाले गरेको योगदान हाकुवासीमाझ उल्लेखनीय रहेकोसमेत वडाध्यक्ष तामाङले बताए ।

हाकुबेँसीदेखि ठूलोहाकुसम्म मोटर लान पूर्वतयारीका लागि गाउँपालिकामार्फत गत वर्ष खोलिएको ग्रामीण सडकको ट्रयाक सफा गर्ने कार्यसमेत शुरु भइसकेको वडा नं १ को कार्यालयले जनाएको छ ।

बेलिब्रिज निर्माण एवं मोटरबाटोको ट्रयाक खुलेसँगै पुस्तौँदेखिको उकालीओरालीमा बोक्नुपर्ने डोको–नाम्लो अब टुट्ने आशाले गाउँवासी हर्ष विभोर भएको समाजसेवी निमदर्के तामाङले बताए ।

हाकुबेसीदेखि ठूलोहाकुसम्म खोलिएका नयाँ सडकको असहज स्थानमा ग्याबिन पर्खाल लगाउने कामसमेत अगाडि बढिसकेकाले आगामी २०७८ सालको नवबिहानीमै हाकु क्षेत्रमा पहिलो मोटर गुडाउने लक्ष्य राखिएको वडाध्यक्ष तामाङले बताए ।

यस्तै ठूलो हाकुदेखि नेशिङ हुँदै ग्रेगाउ बहुङडाँडाको पासाङल्हामु मार्ग जोड्ने ग्रामीण सडकसमेत निर्माण भइरहेको र स्थानीय सरकारका तर्फबाट गाउँले सडक निर्माणलाई पहिलो प्राथमिकता दिँदै आएको आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिए ।

वि.सं.२०७७ पुस २९ बुधवार १३:२७ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...