back
NMB ad

जथाभावी बाटो खन्नाले पदयात्रा पर्यटनमा चुनौती

Kumari bank ad

काठमाडौं । पदयात्रा पर्यटनका लागि अन्तर्राष्ट्रियरूपमा नेपालले आफ्नो विशिष्ट पहिचान बनाए पनि जथाभावी बाटो खन्ने क्रमसँगै यतिखेर पदयात्रा पर्यटनमा चुनौती बढ्दै गएको छ ।

विभिन्न समयमा हुने गरेका प्राकृतिक प्रकोपका साथै पछिल्ला समयमा कोरोना महामारीले समग्र पर्यटनलाई असर पारेको त छ नै, त्यसमा पनि जथाभावी बाटो खन्ने नाममा पदयात्रा मार्ग मासिँदै जानु यतिखेर मानव सिर्जित ज्वलन्त समस्याका रुपमा देखा परेको छ ।

अव्यवस्थित सडक विस्तारले पदमार्ग छोटिनु यतिखेर पदयात्रा पर्यटनका क्षेत्रमा चासो र चिन्ताको विषय बनेको ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले बताए ।

नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढी पर्यटक पदयात्रा एवम् पर्वतीय पर्यटनका लागि आउने गरेकोमा जथाभावी गरिएका सडक विस्तारले समग्र पदयात्रा पर्यटन नै धरासायी बन्ने हो कि भन्ने चिन्ता थपेको उनले बताए ।

पछिल्ला केही वर्षयता बाटो खन्ने नाममा जथाभावी रूपमा गरिएका सडक विस्तारले भूक्षय जस्ता प्राकृतिक प्रकोप त बढेको छ नै, यसले नेपालको पदयात्रा पर्यटनलाई गम्भीर असर पारेको उहाँले बताउनुभयो ।

नेपालको पदयात्रा पर्यटनमा ठूलो आकर्षण रहे पनि आवश्यकता र औचित्यबिना नै बाटो खन्ने नाममा भएका सडक विस्तारले उक्त क्षेत्रमा गम्भीर समस्या देखापरेको पर्यटन व्यवसायी बताउँछन् ।

पदयात्रा क्षेत्रमा जथाभावी बाटो नखनी ती मार्गको संरक्षण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि त्यसको सुनुवाइ नहुँदा पदमार्ग छोटिन गएको उनीहरूको तर्क छ ।

पदमार्गको संरक्षण र विकासको उद्देश्यले टानले पदयात्रा क्षेत्रलाई संरक्षण क्षेत्र घोषित गर्न माग गर्दै आएको छ । पछिल्ला केही वर्षयता पदयात्रा पर्यटनसँग रोजिरोटी जोडिएका अन्नपूर्ण चक्रिय पदमार्गका स्योङ, जगत, च्याम्से, धारापानी, ढिकुरपोखरी, चामेलगायत ठाउँमा बस्दै आएका हजारौँ परिवार पदमार्ग छोटिदै जाँदा विस्थापितको अवस्थामा पुगेका छन् ।

पर्यटकीय नगरी पोखरा आसपासको क्षेत्रमा पर्ने अन्नपूर्ण सेरोफेरो विश्वकै प्रसिद्ध १० वटा पदयात्रा मार्गमा पर्दछ । जथाभावी बाटो खन्ने क्रमसँगै विगतमा पदयात्रा गर्न २१ दिन लाग्ने गरेको बेँसीशहर–नयाँ पुल मार्ग ठाउँ ठाउँमा यातायातका साधन पुग्न थालेसँगै छोटिएर लगभग पाँच(सात दिनकै अन्तरालमा यात्रा गर्न सकिने भएको छ ।

बेँसीशहरबाट शुरु हुने उक्त मार्ग थोराङपास हुँदै मुक्तिनाथ, जोमसोम, तातोपानी घोरेपानी, विरेठाँटी हुँदै नयाँ पुल आएर सकिन्छ । पछिल्ला केही वर्षमा नै दुई दिन लाग्ने तातोपानी–चित्रे मार्ग गाडीबाट दुई/तीन घन्टामा नै पुग्न सकिने भएको छ, भने एक दिन खर्चिन सकिने नयाँ पुल–घान्द्रुक मार्ग किम्टेसम्म सडक यातायात पुगेका कारण एक घन्टामा नै पुग्न सकिने भएको छ ।

त्यस्तै धम्पुस भएर अन्नपूर्ण बेस क्याम्प, घान्द्रुक, लान्दु्रक जाने मार्गका साथै नयाँ पुल–घोरेपानीलगायतका एकदेखि दुई दिन लाग्ने पदमार्ग छोटिएर घन्टामा सीमित बन्न पुगेका छन् ।

अन्नपूर्ण सेरोफेरोमा रहेका पदमार्गको संरक्षणका साथै पछिल्ला समयमा विकास हुँदैगएका पोखरा खयरलेक, पोखरा हिँडेनलेक, तेरिला पास, गुरुङ हेरिटेज ट्रेलजस्ता पदमार्गको प्रचारप्रसार आवश्यक रहेको पर्यटन व्यवसायीको भनाइ छ ।

त्यस्तै उपल्लो मुस्ताङ, अन्नपूर्ण सर्किट ट्रेक, अन्नपूर्ण सेक्युरिटी ट्रेक, घान्द्रुक घोरेपानी सर्किट ट्रेक, घलेखर्क सर्किट ट्रेक राउन्ड मनास्लु, घाद्रुक, घम्पुस, जोमसोम, नारफूलगायतका दर्जनौँ सङ्ख्याका उत्कृष्ट पदयात्रा मार्ग रहे पनि जथाभावी बाटो खन्ने क्रमलाई तत्काल नियन्त्रण गर्न नसके निकट भविष्यमा नै यी मार्गको अस्तित्व सङ्कटमा पर्ने देखिएको छ ।

जथाभावी सडक खन्ने क्रमसँगै पदमार्ग छोटिएको वास्तविकतामा टान पश्चिमाञ्चल क्षेत्रीय संघले वैकल्पिक पदमार्गको खोजी कार्यलाई अघि बढाएको अध्यक्ष पौडेलको भनाइ छ । “हामी पदमार्ग छोटिदै गएको अवस्थालाई दृष्टिगत गरी नयाँ मार्गको प्रवद्र्धनलाई प्राथमिकताका साथ अघि बढाएका छौं,” उनले भने, “कास्कीको मादी गाउँपालिकासँगको सहकार्य एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा माघको पहिलो साता सात दिन, छ रातको पदयात्रा मार्गलाई प्रवर्द्धन गर्न लागेका छौं ।”

उनका अनुसार टानले पोखराबाट याङ्जाकोट, ताङतिङ, नैचु, करापुडाँडा, धर्मशालाहुँदै गुरुङ जातिको आदिभूमि क्होलासोथर र त्यहाँबाट चार हजार ५०० मिटर उचाइको तिउँचे लेक, कोरी डाँडा, हुगुकोट, कफुचे ताल हुँदै सिक्लेससम्मको पदयात्रा गर्न लागिएको हो । यसअघि तीन वर्ष पहिले टानले पोखराको केआइसिंह पुलबाट हरिहर गुफा, आँटीघर मौजा, थाक, ताराहिल, सिक्लेस, हुगुकोट हुँदै कफुचेतालसम्मको पदमार्गको प्रवर्द्धन गरेको थियो । पदमार्गको प्रवर्द्धनसँगै त्यहाँबाट जोडिने अन्य पदमार्गको विकास तथा विस्तारलाई पनि अघि बढाइने टानले जनाएको छ ।

नयाँ पदयात्रा मार्गका रुपमा स्थापित गर्ने सोचका साथ उक्त क्षेत्रको प्रवर्द्धनात्मक पदयात्रा गराउन लागिएको मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङले बताए । “पदयात्रा पर्यटनमा धेरै सम्भावना रहेर पनि मादीमा यी रमणीय पदमार्ग अझै ओझेलमा छन्,” उनले भने, “टानसँगको सहकार्यमा गर्न लागिएको प्रवर्द्धनात्मक पदयात्राले यहाँको समग्र पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं ।”

वि.सं.२०७७ पुस २९ बुधवार १३:३५ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...