back
NMB ad

महामारीपछि लयमा फर्कदैँ आर्थिक अवस्था, ५४ प्रतिशत व्यवसाय पूर्ण सञ्चालनमा

Kumari bank ad

काठमाडौं । कोरोना महामारीपछि जनजीवन सामान्य अवस्थामा फर्किएसँगै उद्योग व्यवसायमा सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको प्रभाव नियन्त्रण गर्न सरकारले गत वर्ष चैत ११ देखि नेपालभर लकडाउनको घोषणा गरेको थियो ।
करिव ८ महिनापछि खुलेको लकडाउनपश्चात विस्तारै जनजीवन सामान्य भएसँगै व्यवसाय संचालनमा आउन थालेका थिए ।

सोही कुरालाई दृष्टिगत गरी राष्ट्र बैंकले पुनरावृत्ति अध्ययन गरेको थियो । ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’ सार्वजनिक गर्दै केन्द्रीय बैंकले ५४ प्रतिशत व्यवसाय पूर्ण रुपमा संचालनमा आएको जानकारी दिएको हो ।

यसअघि राष्ट्र बैंकले गत जेठ २६ देखि असार १० सम्म गरेको एक अध्ययनमा ६१ दशमलव शुन्य ३ प्रतिशत उद्योग व्यवसाय संचालन हुन नसकेको उल्लेख गरेको थियो । यस्तै, उक्त अवधिमा ४ दशमलव १ प्रतिशत उद्योग व्यवसायमात्र पूर्ण रुपमा संचालनमा रहेको समेत प्रतिवेदनमा उल्लेख थियो ।

हाल महामारीको प्रभाव कम भएको र जनजीवन सामान्य भएको भन्दै पुनः कात्तिक १३ देखि मंसिर २४ सम्म अध्ययन गरेको थियो । जनजीवन सामान्य भयसँगै ५४ प्रतिशत उद्योग व्यवसाय पुर्ण संचालनमा आएको र २८ दशमलव ७७ प्रतिशत रहेको उत्पादन, कारोबार स्थितिसमेत बढेर ५० दशमलव ५१ प्रतिशत पुगेको नयाँ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार हाल रोजगारीको अवस्थामा समेत सुधार आई ७७ दशमलव ५० प्रतिशतबाट बढेर ८७ दशमलव ५१ प्रतिशत पुगेको छ ।

वि.सं.२०७७ पुस २९ बुधवार १३:४० मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...