back
NMB ad

जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी

Kumari bank ad

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ ।

कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ ।

चालु आर्थिक वर्षभित्रै कूल १८२ मेगावाट क्षमताका थप चार आयोजना सम्पन्न हुने तथा अन्य पाँच आयोजना निर्माणाधीन अवस्थामा छन् । कम्पनीको स्वपूँजीतर्फ कूल एक हजार ५४० मेगावाट क्षमताका पाँच आयोजना तथा चार सम्बन्धित क्षेत्रका कम्पनीमा रु नौ अर्ब ४५ करोड लगानी गरिसकेको कम्पनीले जनाएको छ ।

चीन सरकारको स्वामित्वमा रहेको पावर चाइनासँगको सहकार्यमा १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजना तथा ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको पनि कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार भारत सरकारको स्वामित्वमा रहेको एनएचपिसीसँगको सहकार्यमा दुई ठूला आयोजना अगाडि बढाउन सहमतिपत्रमा हस्ताक्षर गरी आयोजना पहिचानको काम भइरहेको छ ।

हाल कम्पनीको अधिकृत पूँजी रु. ५० अर्ब, जारी पूँजी रु २२ अर्ब र हालसम्मको चुक्ता पूँजी रु १६ अर्ब ५० करोड पुगेको छ । कम्पनीले हालसम्म रु आठ अर्ब ३६ करोड कूल आम्दानी गरेको र त्यसमा रु पाँच अर्ब २२ करोड खुद नाफा गरेको छ ।

कम्पनीले हालसम्म नेपाल सरकारलाई रु एक अर्ब ८५ करोड आयकर तिरेको छ भने शेयरधनीलाई रु छ अर्ब २८ करोड लाभांश वितरण गरेको छ । लाभांशमध्ये नेपाल सरकारतर्फ रु दुई अर्ब १६ करोड र अन्य शेयरधनीतर्फ रु चार अर्ब १२ करोड वितरण भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी आर्थिक वर्ष २०७८(७९ सम्म कूल ३३३९ मेगावाट क्षमताका २३ आयोजनामा रु १० अर्ब ७६ करोड स्वपूँजी लगानी गर्ने लक्ष्य राखेको बताएको छ ।

साथै, ऋण लगानीतर्फ कूल २,८१० मेगावाट क्षमताका थप १४ आयोजना समेत गरी रु १२ अर्ब ६७ करोड पु¥याउने लक्ष राखेको छ । कम्पनीले आगामी १५ वर्षभित्र विद्युत् प्रसारण लाइनतर्फ रु १०० अर्ब लगानी गर्ने लक्ष्य राखेको पनि जनाएको छ ।

अघिल्लो वर्षमा ११ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने निर्णय भएअनुसार सरकारका तर्फबाट रु पाँच अर्ब ५० करोड शेयरबापतको रकम प्राप्त भइसकेको र तीनवटा वित्तीय संस्थाबाट रु तीन अर्ब ३० करोड प्राप्त हुने प्रक्रियामा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए ।

यसै आवभित्र सर्वसाधारणलाई रु दुई अर्ब २० करोड बराबरको अग्राधिकार शेयर जारी गर्ने कार्यका लागि कम्पनीको रेटिङ भइरहेको र यही माघ महिनाभित्रै अग्राधिकार शेयरका लागि सूचना जारी गर्ने तयारी भइरहेको पनि पोखरेलले जानकारी दिए ।

वि.सं.२०७७ माघ २ शुक्रवार १४:५८ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...