back
NMB ad

रसुवामा लोठसल्ला रोपणको तयारी

Kumari bank ad

रसुवा । निजी स्वामित्वको खाली जमिनमा लोठसल्लाका बिरूवा रोपण गराउन जागरण कार्य अगाडि बढाइएको छ । हिमाली क्षेत्रमा बाँझो बसेका र लगाएका खेती जनावरले नोक्सान पुर्याउने जङ्गल छेउका जमिनमा लोठसल्लाको खेती गर्दा उपयुक्त हुने वन प्राविधिकले सुझावसमेत दिएका छन् ।

रोपण गरेको सात(आठ वर्षदेखि लोठसल्लाको पातले निरन्तर आम्दानी दिन थाल्ने र कामको खोजीमा अन्यत्र जानुभन्दा घरमै बसेर राम्रो आम्दानी लिन सकिने भएकाले रोपणकार्यमा सहभागी भइदिन आग्रह गरिएको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए ।

क्यान्सर रोगका लागि प्रयोग हुने लोठसल्लाको पात बिक्रीबाट प्रतिकेजी २५० देखि २७५ सम्म आम्दानी हुने र एकपटक रोपेको बिरूवाले निरन्तर आम्दानी दिइरहने डिभिजन कार्यालय रसुवाले जनाएको छ । समुद्र सतहबाट एक हजार ३०० देखि दुई हजार २०० मिटरको उचाइसम्म रोपण गर्न सकिने लोठसल्लाको प्रतिबोटले १० केजीसम्म पात उत्पादन गर्ने र एक रोपनीमा ७० बिरूवा लगाउन सकिने बताइन्छ ।

पाठेघर र स्तनमा भएका क्यान्सर रोग निदान पार्ने औषधिमा प्रयोग हुने लोठसल्लाकोे पातले क्यान्सरको औषधि बन्ने र उपचारका क्रममा किमो दिनुपर्दा उक्त सल्लाको पाउडर आवश्यक पर्ने वन प्राविधिकले बताएका छन् । लोठसल्लाको बिरूवा रोपणलगायत संरक्षणको तौरतरिका सिकाउने प्राविधिक ज्ञान डिभिजन वन कार्यालय रसुवामै भएकाले आफ्ना निजी जमिनमा रोप्न इच्छुक व्यक्तिले सम्पर्क राख्नसमेत आग्रह गरिएको छ ।

यस्तै टिमुर तथा तेजपातको खेतीले पनि राम्रो आम्दानी लिन सकिने बताउँदै डिभिजन वन अधिकृत केसीले यस्ता चिजका बिरूवा रोप्न आफूले पहिलो प्राथमिकता दिने बताए । टिमुरबाट प्रतिकेजी ६०० र तेजपातबाट प्रतिकेजी ६० आम्दानी लिन सकिने भएकोले रोपण कार्यमा क्रमशः जागरण बढ्दै जाने अपेक्षा राखिएको वन कार्यालयले जनाएको छ ।

वि.सं.२०७७ माघ ४ आइतवार १०:२९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...