back
NMB ad

हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा

Kumari bank ad

बागमती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४२९ योजनामध्ये १२७ वटा योजना सम्पन्न गरेको छ ।

साथै, ९० वटा योजना चालू अवस्थामा रहेको र ३०२ वटा योजना सम्झौताको प्रक्रियामा रहेको सो उपमहानरपालिकाले जनाएको छ ।

कार्यालयका अनुसार चालू आवको साउनदेखि मङ्सिरसम्ममा भौतिक पूर्वाधार विकास निर्माणतर्फ रु १६ करोड दुई लाख २८ हजार खर्च भएको बताइएको छ । पूर्वाधार निर्माणमा कूल खर्च १७.६३ प्रतिशत खर्च भएको हो ।

उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाद्वारा खर्चसम्बन्धी उपलब्ध विवरणमा चालू आवका लागि रु दुई अर्ब ४८ करोडको बजेट विनियोजन गरिएको थियो ।

सो रकममध्ये कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रतर्फ आठ करोड ५५ लाख ९९ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ६७ लाख ११ हजार, सामाजिक विकास क्षेत्रतर्फ रु २८ करोड तीन लाख ४६ हजार, आर्थिक विकास क्षेत्रतर्फ १५ लाख ५२ हजार खर्च भएको हो ।

उपमहानगरपालिकाले कूल बजेटको ५३ करोड ४४ लाख ३८ हजार अर्थात २२.७१ प्रतिशत खर्च भएको उपप्रमुख लामाले जानकारी दिए ।

चालू आवको हालसम्म अधिकांश क्षेत्रगत आयोजना तथा कार्यक्रम सम्झौता भई कार्य सञ्चालनका क्रममा रहेको तथा खर्च भुक्तानी नभइसकेको अवस्थामा क्षेत्रगत खर्चमा कमी देखिएको उनले बताए ।

सो कार्यालयले चालू आवको पाँच महिनामा रु ७५ करोड ७६ लाख ८६ हजार आम्दानीसमेत गरेको छ । प्राप्त विवरणअनुसार उपमहानरपालिकाले सुत्केरी महिलालाई स्वस्थ्य जीवनयापनका लागि सुत्केरी भएको सात दिनभित्र स्वास्थ्य जाँचसहित पोषणयुक्त कोशेली उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सो अवधिमा ७४४ सुत्केरी महिलालाई उक्त सुविधा र ११ हजार १४४ जनालाई सामाजिक सुरक्षा भत्ता दिइएको छ । त्यस्तै उपहानगरपालिकाको न्यायिक समितिको कार्य सम्पादनमासमेत प्रगति भएको छ । लामाले त्यहाँ न्यायिक समितिमा परेको उजुरीमध्ये ३१ वटा समाधान भएको छ भने १२४ वटा मुद्दा एवं विवाद प्रक्रियामा रहेको भने ।(

वि.सं.२०७७ माघ ४ आइतवार १०:३४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...