back
NMB ad

एनआईसी एशिया र स्वदेशी लघुवित्तबीच संयुक्त मर्जरमा जाने अन्तिम सम्झौता

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आइतवार (आज) आयोजना गरिएको तेस्रो वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको हो ।

सो अवसरमा संस्थाको आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, आ वा २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरु परित भएको लघुवित्तले जनाएको छ ।

यसका साथै एन आई सी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ ।

त्यसैगरि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारण सभाले पारित गरेको छ ।

त्यस्तै साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधीत्व गर्ने २(दुई) जना संचालकहरु शंशाक अग्रवाल र श्री प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भई संचालक पदमा नियुक्त भएका छन् ।

हाल लघुवित्तले १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरुसहित करिब ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

‘साथीसँगै सवल बन्दै’ भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको जनाइएको छ

वि.सं.२०७७ माघ ४ आइतवार ११:२४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...