back
NMB ad

वैत्येश्वर गाउँपालिकाका तीन वडालाई कफी पकेटक्षेत्र बनाइँदै

Kumari bank ad

दोलखा । दोलखाको वैत्येश्वर गाउँपालिकाका तीन वडालाई कफी पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ ।

वडा नं १, ७ र ८ लाई कफी पकेट क्षेत्रका रुपमा विकास गराउनका लागि दुई हजार रोपनी क्षेत्रफल विस्तार गरिँदै छ । गत वर्ष ४० हजार कफीका बिरुवा रोपिसकिएको र यस वर्ष थप दुई हजार रोपनीमा बिरुवा लगाइने योजना रहेको वडा नं ७ का वडाध्यक्ष रेशमराज रिमालले बताए ।

यस वर्ष तीन नर्सरीमा उत्पादित गरिएका करीब दुई लाख बिरुवा रोपिने योजना रहेको उनले जानकारी दिए । वाग्मती प्रदेश सरकारको कफी विस्तार कार्यक्रम र दोलखा कफी उद्योगको लगानीमा कफीखेती विस्तार गर्न लागिएको हो ।

गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत प्रदेश सरकारले ११ लाख सहयोग गरेको र दोलखा कफी उद्योगले थप ११ लाख जम्मा गरी कफीखेती शुरु गरिएको अध्यक्ष रिमालले बताए ।

यस वर्ष पनि कार्यक्रम विस्तारका लागि प्रदेश सरकारले २५ लाख र कफी उद्योगले २५ लाख रकम विनियोजन गरी काम अगाडि बढाइएको छ । वडा नं ७ ले पनि कफीखेती विस्तारका लागि भन्दै दुई लाख रकम विनियोजित गरेको छ । विनियोजित गरिएको सो रकम कफीखेतीका लागि जमीनको पहिचान गरी पूर्वाधार विकास तथा सिँचाइ योजनाका लागि खर्च गरिने छ ।

उक्त गाउँपालिका तीन वडामा कफी उत्पादनको राम्रो सम्भावना रहेका कारण गत वर्ष वडा नं ८ को बसेरी, ७ का बेतानी, रिमालगाउँ र मार्वुटार तथा वडा नं १ को गैरिमुदी क्षेत्रमा ४० हजार कफीका बिरुवा रोपिएका थिए ।

यस वर्ष थप विस्तार गर्नका लागि मार्वुटार नर्सरीमा एक लाख कफीका बिरुवा उत्पादन भइरहेका छन् । बेतानीमा ४० हजार, बसेरीमा तीन रोपनी जमीनमा ४० हजार र वडा नं ६ मा २० हजार कफीका विरुवा उत्पादन गरिएको छ ।

गाउँपालिकाको कृषि प्राविधिकको प्रत्यक्ष निगरानी रहने गरी ८०० मिटर देखि एक हजार ६०० मिटरसम्मको उचाइमा कफीखेती विस्तार गरिएको छ ।

कफीको उत्पादनका हिसाबले राम्रो मानिएका ती क्षेत्रमा जैविक कफी उत्पादन गर्ने र पछि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन तथा प्रशोधनका लागि उद्योग सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरिरहेको वडाध्यक्ष रिमालले बताए ।

वि.सं.२०७७ माघ ४ आइतवार १२:२४ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...