back
NMB ad

उदयपुरमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु हुँदै

Kumari bank ad

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोभिड–१९ को प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब चाँडै शुरु हुने भएको छ ।

नगरपालिकाका अनुसार एक वर्ष अघिनै मैनामैनीसहितको क्षेत्रलाई पर्यटन प्रवर्द्धन र विकास गर्ने लक्ष्यसाथ व्यावसायिक प्याराग्लाइडिङ थाल्ने योजना रहेको थियो ।

नगरपालिकाको पहलमा अहिले मैनामैनीको बोपताङडाँडा र चम्पाकोट डाँडाबाट व्यावसायिक रुपमा उडान गर्ने योजना अन्तिम चरणमा पुगेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए ।

प्रमुख थापाका अनुसार अब चैतको अन्तिमसम्ममा मैनामैनीको बोपताङ र चम्पाकोट डाँडाबाट नियमित व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान गरेर सप्तकोशी किनारसम्म झर्न र पर्यटकलाई मनोरञ्जन दिनको लागि उडान कार्य तयारी हुन लागेको हो ।

यस अघिनै बेलकाको चैनामैनीस्थित चम्पाकोट र बोपताङ डाँडाबाट पटकपटक सो सम्बन्धी उडानको परीक्षण सफल भइसकेको बेलका नगरपालिकाले बताएको छ ।

बेलकाका पचास भन्दा बढी युवाले प्याराग्लाइडिङ सञ्चालन र उडानको तालीमसमेत लिएका छन् । प्याराग्लाइडिङ सञ्चालन र व्यावस्थापन गर्नको लागि नगरपालिकाको पहलमा सुनसरीको धरान, बेलका नगरपालिका र कास्की पोखराका केही उद्यमीहरुले रू. तीन करोडसम्मको आर्थिक लगानी गरिसकेकोले व्यवस्थापन कार्य अन्तिमचरणमा पुगेको नगरपालिकाले बताएको छ ।

अहिले सप्तकोशी क्षेत्र भ्रमण गर्न, सुनसरीको बराह क्षेत्र र मैनामैनी भ्रमण गर्न प्र्रतिमहिना पाँच हजार भन्दा बढी पर्यटक आउन थालेको र कोभिड–१९ को सुधारसँगै पर्यटकको संख्या बढ्दै जान थालेको बताइएको छ ।

मैनामैनी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन भएपछि बेलकाको ऐतिहासिक, पर्यटकीयस्थल मैनामैनी क्षेत्र र रामपुर ठोक्सिला बजार तथा सप्तकोशी क्षेत्रमा पर्यटकको आगमन बढेर स्थानीय क्षेत्रमा पर्यटन विकासमा टेवा पुग्ने थापा बताउँछन् ।

प्याराग्लाइडिङ सञ्चालनको लागि पोखराका प्राविधिक र यस क्षेत्रका अन्य व्यवसायीले योजना अगाडि बढाएको व्यवसायी सुरेश राईले बताए । पोखरा, बेलका र सुनसरीका व्यवसायीले आर्थिक लगानीसहित तयारी गरेको संलग्न व्यवसायी कृष्ण कार्कीले बताए ।

वि.सं.२०७७ माघ ५ सोमवार १५:३२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...