काठमाडैं । आज नेपाली बजार सुनको भाउ बढेको छ । मंगलबार सुनको भाउ प्रतितोलामा ४ सय रुपैयाले बढेको हो ।
अघिल्लो दिन प्रतितोला ९१ हजार ६ सय रुपैंयामा कारोबार भएको सुन आज बढेर प्रतितोला ९२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।
यस्तै, तेजावी सुनको मुल्य ९१ हजार ५ सय रुपैंया रहेको छ । यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैैयाले बढेर मंगलबार १२ सय ४५ रुपैंया कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ माघ ६ मंगलवार १०:५६ मा प्रकाशित