back
NMB ad

भत्ता लिन वडा कार्यालयबाटै बैंक खाता खोल्दै लाभग्राही

Kumari bank ad

काभ्रेपलाञ्चोक । चौरीदेउराली गाउँपालिका–३ माझिफेदाका ७५ वर्षीय साइलीमाया तामाङले घर नजीकै रहेको वडा कार्यालयमा हिजो (सोमवार) पहिलोपटक बैंक खाता खोलिन् ।

ज्येष्ठ नागरिक र अशक्तहरुको सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले बैंक खाता खोल्न अनिवार्य बनाएपछि जिल्लाको कोशीपारि क्षेत्रका वडा कार्यालयले वडामा नै खाता खोल्न व्यवस्था मिलाएको हो । “म हिँडेर बैंकको कार्यालयमा पुग्न ३ घण्टाभन्दा पनि धेरै समय लाग्छ”, उनले भनिन्, “वडा कार्यालयमा नै खाता खोल्न पाउने सुविधा वडाध्यक्षले व्यवस्था मिलाएपछि खुशी लाग्यो ।”

अर्का ८० वर्षीय जमान सिं तामाङ पनि बैंकमार्फत मात्रै भत्ता आउने भएपछि बैंकमा खाता खोल्न वडा कार्यालय पुगे । पहिला–पहिला वडाध्यक्ष र सचिवले घरघरमै पु¥याउने गरेको भए पनि अब बैंकबाट नै भत्ता दिने भएपछि वडा कार्यालयमा पुगेर खाता खोल्न लागेको उनले बताए ।

ग्रामीण भेगका ज्येष्ठ नागरिक तामाङ त एउटा उदाहरण मात्रै हुन् । यसरी भौगोलिक विकटतासँगै यातायातको सुविधा नभएका ग्रामीण भेगका ज्येष्ठ नागरिक, अशक्त व्यक्तिहरुका लागि टाढाको बैंक रहेको शाखा कार्यालयसम्म पुग्न निकै समस्या झेल्नुपर्ने बाध्यता छ । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–३, माझीफेदाले वडा कार्यालयमा नै खाता खोल्ने वातावरण बनाएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्न लाभग्राहीको बैंक खाता खोल्न ग्रामीण भेगका लाभग्राहीलाई असहज भएका कारण एनसिसी बैंक, कात्तिके देउराली शाखासँग समन्वय गरेर वडामा नै खाता खोल्ने वातावरण मिलाएको वडाध्यक्ष विनोद घिसिङले बताए ।

पूर्ण अपाङ्ग, अपाङ्ग, ज्येष्ठ नागरिक, एकल महिलालाई वडाबाट बैंकको कार्यालय पुग्न हिँडेर कम्तीमा ३ घण्टा लाग्ने भएपछि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न ग्रामीण क्षेत्रमा कठिन भएको वडाध्यक्ष घिसिङले बताए । “गाउँका ज्येष्ठ नागरिक, शारीरिक अशक्त, एकल महिलालाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति त आयो तर उहाँहरु बैंकमा पुग्न सक्ने अवस्था नै छैन”, उनले भने, “जनताका लागि गाउँगाउँमा सिंहदरबार आएको अनुभूति पनि गराउन जनताको समस्या हामीले नबुझे कसले बुझ्ने भन्ने हेतुका साथ सो सेवा प्रदान गरेका हौँ ।” जनताको समस्या देखेर नै वडा कार्यालयमा खाता खोल्ने वातावरण मिलाएको उनले बताए ।

खाता खोल्नका लागि तीन दिनसम्म सेवा प्रदान गर्ने उनले बताए । खाता खोल्न शुरु गरेको पहिलो दिन सोमवार मात्रै १५० भन्दा बढीको खाता खोलिसकेको उनले बताए। ३ नं वडामा सामाजिक सुरक्षा भत्ताका लाभग्राही ३८६ जना रहेको वडाध्यक्ष घिसिङले जानकारी दिए ।– प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ माघ ६ मंगलवार १३:२९ मा प्रकाशित

You can share this post!

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...