back
NMB ad

अलैँची उत्पादनमा वृद्धिः किसानले उचित मूल्य नपाएको गुनासो

Kumari bank ad

उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् ।

कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेको कारण अलैँची खेतीमा हौसिएर जिल्लाका पहाडी क्षेत्रका किसानले अलैँची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैँची उत्पादक किसान निराश बन्न थालेका छन् ।

विगतका वर्षमा तीन हजारदेखि तीन हजार ५०० रुपैयाँ प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले ५०० रुपैयाँदेखि ८०० रुपैयाँसम्म मात्र भएपछि यहाँका अलैँची उत्पादक किसान अन्य कृषि बालीतर्फ आकर्षित हुने सम्भावना छ ।

जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, भुटार, पाँबु, इनामे, नामेटार, तावाश्री, साउने खाँबु, अँधेरी, छामलिङ, आँपटारसहित पश्चिमी पहाडी क्षेत्रको बाहुनीटार, सोरुङ, सिरीसे, हर्देनी, मयङ्खु क्षेत्रका किसानले उत्पादन गर्दै आएको अलैँचीले यसवर्ष उचित मूल्य पाउन नसकेको किसान बताउँछन् ।

रौतामाई गाउँपालिका–५ आँपटारका अलैँची उत्पादक किसान वीरबहादुर राई आफूले केही वर्षयता आएर उत्पादन गरेको अलैँचीले उचित मूल्य नपाएकामा यस्तो गुनासो गर्छन् । “पहिला–पहिला अलैँचीको मूल्य राम्रो भएका कारण आर्थिक आम्दानीको लागि अलैँची खेतीमा लागियो, हिउँद, बर्खा दुःख ऋणपान गरेर अलैँची उत्पादन गर्न शुरु गयाँ, तर मङ्सिरदेखि अलैँचीको मूल्य पर्खेर बसे, अहिले झनै घटेर ५०० रुपैयाँदेखि ८०० सम्म मात्र प्रतिकिलो मूल्य छ, यस्तो मूल्यमा कसरी दुःख गरेर उत्पादन गरेको अलैँची बिक्री गर्ने, आफूहरु निराश हुनुबाहेक अरु केही रहेन ।”

अहिलेको मूल्यमा अलैँची बिक्री गर्दा आफूहरुको आर्थिक लगानी र श्रम पनि नउठ्ने तथा अलैँची बारीमा काम गर्ने मजदूरको ज्यालासमेत तिर्न नपुग्ने गुनासो ताप्ली गाउँपालिका तावाश्रीका पञ्चमान तामाङको रहेको छ । उनी भन्छन्, “बरु मङ्सिर/पुससम्म एक हजारदेखि एक हजार ५०० रुपैयाँ प्रतिकिलो मूल्य रहेको थियो, अहिले त झनै अलैँची व्यापारीले ५०० देखि ८०० रुपैयाँ प्रतिकिलोमा मूल्य झारे, अब अलैँची बिक्री गर्नु भन्दा आगोमा डढाएर मन बाध्नुबाहेक आफूहरुको अरु विकल्प छैन ।”

जिल्लाका सदरमुकाम गाईघाट तथा मुर्कची बजारका स्थानीय अलैँची खरीदकर्ताले विराटनगर इटहरी क्षेत्रमा अलैँचीको मूल्य घटेको भन्दै अहिले उदयपुरको पहाडी क्षेत्रमा उत्पादन हुने अलैँचीको मूल्य प्रतिकिलो ५०० रुपैयाँदेखि बढीमा एक हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरेपछि यस क्षेत्रका किसान मारमा पर्नु परेको किसानले व्यापक गुनासो गर्न थालेका छन् ।

वि.सं.२०७७ माघ ७ बुधवार १५:३७ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...