back
NMB ad

चार रुपैयाँमा चिउरा तरकारी !

Kumari bank ad

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ भड्खालामा रहेको मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा चार रुपैयाँमा नै खाँदै आएका छन् ।

‘हम हाउस’ नामक एक जापानिज संस्थाले विद्यालयमा खाजा व्यवस्थापनका लागि मासिक २५ हजार रुपैयाँ सहयोग गर्दै आएको छ । दुई सय विद्यार्थी र १० शिक्षक शिक्षिकाले दैनिक खाजा खाँदा एक जनाको भागमा दैनिक चार रुपैयाँ पर्ने गरेको विद्यालयका प्रधानाध्यापक ललित पाण्डेले बताउनुभयो ।

यस संस्थाले गएको भदौदेखि विद्यालयलाई सहयोग गर्दै आएपछि खाजाका लागि सहज भएको छ । प्रधानाध्यापक पाण्डेले भन्नुभयो, ’खाजा पकाउने भाडावर्तनदेखि खाने प्लेट, चम्चा, गिलासलगायतका सामग्री सहयोग भएको छ ।’ बढी भएका खानेकुरा फ्याँक्नु नपरोस् भन्ने सोचका यस संस्थाले साथ एक थान फ्रिजसमेत उपलब्ध गराएको छ ।

विद्यार्थीलाई संस्कृति सिकाइँदै

व्यास नगरपालिका–१ निर्मल माध्यमिक विद्यालयले नेपाली पम्परागत कला, सीप र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न थालेको छ ।

यस विद्यालयले विद्यार्थीलाई गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, ढिकी कुट्ने, मकै भुट्ने र हलो जोत्नेलगायतका सीप सिकाउन थालेको हो ।

विषयगत शिक्षाका अलवा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो ढङ्गले प्रयोगात्मक शिक्षा प्रदान गरिएको शिक्षक लोकराज सेढाईंले बताउनुभयो ।

संस्कृति र परम्परा लोप हुँदै जान थालेको अवस्थामा त्यसको संरक्षणका लागि विद्यार्थीलाई यस्ता सीपमूलक तालिम प्रदान गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । सरकारको नमुना विद्यालयका रुपमा निर्मल माविले इन्टरनेशनल स्कुल अर्वाडसमेत प्राप्त गर्न सफल भएको छ ।

अवार्ड प्राप्त कार्यक्रमअन्तर्गत विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत संस्कृति संरक्षण तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक तथा विद्यालयका शिक्षक महेन्द्र न्यौपानेले बताउनुभयो ।

ब्रिटिस काउन्सिल लाइबेरीले विश्वभर सञ्चालन गरेको कार्यक्रममा यो विद्यालय पनि छनोटमा परेकाले विभिन्न सात आयोजनाको काम भइरहेको उहाँले बताउनुभयो ।

विद्यार्थीलाई पाठ्यक्रममा निर्धारित विषयका अलवा ग्रामिण जीवनको मूल आधारका रुपमा रहेका सीप सिकाएर नेपाल र नेपालीपन चिनाउने सुनौलो अवसरका रुपमा पनि लिइएको विद्यालयका प्राधानाध्यापक गणेशचन्द्र बस्नेत बताउनुभयो ।

विद्यालयले विगत दुई वर्षअघि सालको पातको टपरी बनाउने तालिम विद्यार्थीलाई प्रदान गरिएको र बाँसको डोको बुन्ने, भकारी बुन्नेजस्ता सीप पनि भविष्यमा प्रदान गर्ने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभयो ।

किताबी ज्ञानभन्दा व्यावहारिक ज्ञानबाट विद्यार्थीले छिटो र सजिलैसँग सिक्ने भएकाले ग्रामीण क्षेत्रबाट न्यून सङ्ख्यामा आएका विद्यार्थीले सीप जानेको भए पनि अधिकांशले नजान्ने भएकाले यस्ता सीपमूलक ज्ञान प्रदान गरिएको प्रशिक्षक तथा शिक्षक अभिभावक सङ्घका अध्यक्ष सिर्जना तिवारीले जानकारी दिनुभयो ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १४:१० मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...