back
NMB ad

व्यापारिक नाकाबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित

Kumari bank ad

काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको छ । कोरोना संक्रमणका कारण एक वर्ष अघिदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको हो।

चालु आर्थिक वर्ष ०७७/७८ को साउनदेखि पुस मसान्तसम्म रसुवा भन्सारले लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेको छ। नाकाबाट न्यून सामग्री आउने र आएका सामग्री पनि भन्सार छुट हुने खालका आउँदा राजस्व संकलन प्रभावित भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। ‘पहिले दिनमा सयभन्दा बढी गाडीमा सामग्री आउथ्यो,’ उनले भने, ‘अहिले दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउँछन्।’

कार्यालयले पुस मसान्तसम्म पाँच अर्ब ६७ करोड आठ लाख चार हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा एक अर्ब ७२ करोड २३ लाख ९६ हजार रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

यो लक्ष्यको ३०.४ प्रतिशत मात्र हो। यो वर्ष कार्यालयले ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। हालसम्म कार्यालयले वार्षिक लक्ष्यको १५.२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। गएको जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भएपनि आयात बढ्न सकेको छैन।

वि.सं.२०७७ माघ ११ आइतवार ११:२० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...