back
NMB ad

नेप्सेमा तीन कम्पनीको मूल्य समायोजन, कुनले कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार तीन ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

 

नेप्सेले गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चर डभेलपमेण्ट कम्पनीको मूल्य समायोजन गरेको हो । तीन ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले गरिमा विकास बैंकको १३ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३२४, सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २१७ र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चरको २ दशमलव ८५ प्रतिशत बोनस शेयरको रू. ३६९ तोकेको छ ।

गरिमा विकास बैंकको अघिल्लो कारोबारको दिन अर्थात आइतवार कायम अन्तिम शेयरमूल्य रू. ३६८, सेन्ट्रल फाइनान्सको २३२ र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चरको रू. ३८० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

गरिमा विकास बैंकले १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले होटल पोखरा ग्राण्डमा साधारण सभा आयोजना गरेको छ ।

उक्त कम्पनीले १३ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी, सेन्ट्रल फाइनान्स कम्पनीले ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २३ गते कम्पनीको कुपण्डोल कार्यालयमा साधारण सभा बोलाएको छ ।

त्यसैगरी, एनआरएनस इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनीले ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २५ गते साधारण सभा बोलाएको हो ।

कम्पनीले २ दशमलव ८५ प्रतिशत बोनस शेयर शून्य दशमलव १५ प्रतिशत नगद लाभांश गरेर कुल ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

वि.सं.२०७७ माघ १२ सोमवार ०८:१५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...