back
NMB ad

नबिल बैंककाे वितरणयोग्य नाफा पौने दुई अर्ब, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले बिहीबार सार्बजानिक गरेको वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १.२६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

दोस्रो त्रैमासम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी तथा अन्य सञ्चालन आम्दानीमा कमि आउदा उसको नाफामा दबाब परेको हो। बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ३ अर्ब १२ करोड रुपैयाँमा झरेको छ।

त्यसैगरी अन्य सञ्चालन आम्दानी २२ करोड ७७ लाख रुपैयाँबाट घटेर १६ करोड ३३ लाख रुपैयाँमा झरेको छ। जसले गर्दा बैंकको सञ्चालन नाफा पनि घटेर २ अर्ब ८६ करोडमा झरेको छ। गत वर्ष यस्तो नाफा २ अर्ब ९० करोड थियो। बैंकले खर्च भने खासै धेरै बढ्न दिएको छैन।

बैंकको निक्षेप संकलन १ खर्ब ९० अर्ब रुपैयाँबाट बढेर २ खर्ब रुपैयाँमा पुगेको छ भने कर्जा लगानी १ खर्ब ४८ अर्ब रुपैयाँबाट १ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।

कोरोना महामारीको विचमा पनि बैंकले खराब कर्जालाइ भने बढ्न दिएको छैन्। गत आर्थिक वर्षको दोस्रो त्रौसको तुलनामा बैंकले चालू आर्थिक वर्षको सोहि अवधिमा खरब कर्जा झनै घटाएको छ। वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा ०.७५ प्रतिशतबाट घटेर ०.६० प्रतिशतमा झरेको हो।

चुक्ता पूँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

बैंकको सिसिडी रेसियो ७७ प्रतिशतबाट ७२ प्रतिशतमा झरेको छ केन्द्रीय बैंकले सिसिडि रेशियोमा लचकता अपनाउँदै ८५ प्रतिशतसम्म जान पाउने व्यवस्था गरे पनि बैंकले कर्जा लगानी गर्न नसक्दा सिसिडी झनै खुम्चिएको छ। यसै कारण बैंकको ब्याज खर्च बढ्दा सोचेजति आम्दानी गर्न सकेको छैन।

बैंकको आधार दर ८.१० प्रतिशतबाट घटेर ५.७६ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ४.९९ प्रतिशतबाट ४.७ प्रतिशतमा झरेको छ। पूँजीकोष अनुपात १३.३८ प्रतिशत रहेको बैंकको कोषको लागत ४.२९ प्रतिशत छ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ४५ रुपैयाँ १६ पैसाबाट घटेर ४० रुपैयाँ ७१ पैसामा झरेको छ।

वि.सं.२०७७ माघ १५ बिहीवार १०:५७ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...