back
NMB ad

सिन्धुपाल्चोकमा ध्यानशाला निर्माण सम्पन्न

Kumari bank ad

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पलातीमा बहुउद्देश्यीय योजनाअन्तर्गत इकोमेडिकेशन पार्क (ध्यानशाला) को निर्माण सम्पन्न भएको छ ।

पहिलो चरणमा चार करोडको लागतमा करीब ५०० जना अटाउने सुविधा सम्पन्न ध्यानशाला भवनको निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिए ।

बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १२ करोडको बजेटबाट तीन वर्षभित्र सम्पन्न हुनेगरी गत वर्षदेखि निर्माण शुरु भएको थियो ।

सुनकोशी सालधारी सामुदायिक वन क्षेत्रभित्र हुने उक्त स्थानमा यस वर्ष सुनकोशीस्थित कपेश्वर महादेव मन्दिर परिसरबाट भवनसम्म पुग्ने रेलिङसहितको दुई किलोमिटर सिँढीको लागि बोलपत्र आह्वान गरिएको बताइएको छ ।

आगामी वर्षभित्र त्यहाँस्थित बोक्से भन्ने स्थानमा अवस्थित प्राचीन गुफामा शिवको प्रतिमा स्थापना गर्ने लक्ष्य रहेको छ । त्यसैगरी बालउद्यान, वनभोजस्थल र बौध स्तुपासमेत निर्माण गरिने उपभोक्ता समितिका अध्यक्ष न्यौपानेले बताए ।

त्यहाँ निर्माण हुने संरचनाको लागि वन समिति, उद्योग वाणिज्य संघ, सम्बन्धित वडाका वडाध्यक्ष र सव डिभिजन वन कार्यालयका प्रतिनिधि समावेश समितिबाट अनगुमन गरिने व्यवस्था मिलाइएको छ ।

सबैलाई समेट्ने गरी ध्यानशाला निर्माण हुन लागेको बताउँदै नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रीनले अहिलको तानवयुक्त जिवनबाट उन्मुक्ति पाउन ध्यानतिर अकार्षित हुँदै गएको बताएकी छिन् ।

वि.सं.२०७७ माघ १५ बिहीवार १३:५६ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...