back
NMB ad

राहत लिँदा राजश्व छलीको मुद्दा !

Kumari bank ad

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोट तामाकोशी किनारमा बसोबास गर्ने माझी माछा मारेर घर व्यवाहर चलाउने गर्छन् । दोलखामा थोरै सङ्ख्यामा रहेका विपन्न समुदायका माझीको आम्दानीको स्रोत भनेकै तामाकोशी नदीमा माछा मारेर बेच्ने हो ।

भिरकोटको नदीकिरामा सामान्य दैनिकी चलाइरहेका लक्ष्मण माझीलाई एकाएक करोडौँ राजश्व छली गरेको आरोपमा अदालतबाट पत्र आएपछि माझी समुदायमा त्रास फैलिएको छ ।

व्यापार व्यवसाय कम्पनी प्यान केही जानकारी नभएको व्यक्तिलाई राजश्व छली गरेको भन्दै अदालतबाट पत्र आएपछि यतिबेला लक्ष्मण माझी चिन्तित भएका छन् भने समुदायमा चिन्ता परेको छ ।

विसं २०७२ को गोर्खा भूकम्पले दोलखाको अधिकांश घर ध्वस्त भएका थिए । त्यही क्रममा जिल्लामा राहत वितरणका लागि भन्दै विभिन्न व्यक्ति तथा संस्था गाउँगाउँ पुग्ने गरेको र सोही क्रममा लक्ष्मण माझीको तराई मुलका एकजना व्यक्तिसँग भेट भएको उनी बताउँछन् । विपन्न परिवारको माझी समुदायलाई उक्त व्यक्तिले राहत उपलब्ध गराई दिने भन्दै ठगी गरेको पाइएको छ ।

भूकम्प गएको एक वर्षपछि गाउँमा कपडा बेच्ने एक जनासँग भेट भएको र आफूलाई ‘तपाईंको घर ढलेछ’ राहत उपलब्ध गराई दिने र काठमाडौँ आउनुस भनेको पीडित माझीले बताए ।

माझी उनकै सम्पर्कबाट राहत लिनका लागि भन्दै तीन पटकसम्म काठमाडौं पुगेको र राहत भन्दै पटकपटक गरेर ३६ हजार ५०० उक्त व्यक्तिले आफूलाई दिएको माझीले बताए ।

सोही क्रममा चिनजाननै नभएका व्यक्तिले त्यही बेला पहिलो पटक नागरिकताको फोटोकपी लिए । फोटो खिचेर, फोटो पनि लिए । दोस्रो र तेस्रो पटक विभिन्न कागज बनाएर आफूलाई सहीछाप गर्न लगाएको माझी सम्झन्छन् । भूकम्पले ध्वस्त बनेको घर निर्माणका लागि राहत पाउने आशमा सबै कागजमा सहिछाप गरेको पाइन्छ ।

उक्त सहीछाप गराउने व्यक्तिको नाम घर ठेगाना केही जानकारी नभएको र देखेमा अनुहार चिन्ने माझी बताउँछन् । उक्त व्यक्तिले लक्ष्मण माझीको नाममा कम्पनी बनाएर करोडौंको कारोवार गरेको देखिएको छ ।

कम्पनीको बारेमा जानकारी नै नभएका र कम्पनी रजिष्टारको कार्यालयसमेत नटेकेका माझीको नाममा राजश्व छली गरेको अभियोग छ । लक्ष्मणको नाममा दर्ता भएको कम्पनीको पान नम्बरबाट पाँच करोड २० लाख राजश्व छली भएको भन्दै राजश्व अनुसन्धान विभागले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

राजश्व अनुसन्धान आयोगले राजश्व छलीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले गत मङ्सिर १६ गतेको फैसलाअनुसार प्रतिवादी लक्ष्मणलाई आफ्नो प्रमाणसहित हाजिरीका लागि आह्वान गरेको छ ।

परिवारको नाममा दुई रोपनीसमेत जग्गा नभएका माझीको परिवारको नाममा एक्कासि अदालतबाट हाजिर हुन पत्र आएपछि आफूसमेत अचम्मित भएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।

सोही ठाउँका दिनेश माझी, देवेन्द्र माझी, नारायण माझी, शरण माझीलगायत व्यक्तिबाट नागरिकता लगेको उनीहरुले बताएका छन् । गरिबी निवारणका लागि राहत ल्याउनका लागि नागरिकता दिन भन्दै मागेको र सर्लाहीको मलङ्गवा बोलाएर होटलमा तीन दिनसम्म राखेर फर्कने बेला ११ हजारका दरले दुई जनालाई खर्च दिएको अर्का पीडित वीरबहादुर माझीले बताए । उक्त व्यक्तिले काठमाडौं तथा तराईमा बोलाएर धेरै माझीको नागरिकता लगेको हुँदा अन्य माझीसमेत चिन्तित भएका छन् ।

राहत दिने भन्दै आफूहरु अपरिचित व्यक्तिबाट ठगिएको भन्दै माझीहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । आफूलाई राहातको आश्वासन दिएर ठगी गर्ने खोजी गरी लिन आग्रह गर्दै यतिबेला माझी ती व्यक्तिको खोजीमा लागेका छन् ।

वि.सं.२०७७ माघ १५ बिहीवार १५:२९ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...