back
NMB ad

तामाङ र चेपाङ समुदायद्वारा सुरक्षित र दिगो आवासको माग

Kumari bank ad

मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित नयाँ बस्तीका तामाङ-चेपाङ समुदायले सुरक्षित र दीगो आवासको व्यवस्था मिलाइदिन माग गरेका छन् ।

विसं २०७४ साउन २७ र २८ गते आएको बाढीका कारण उनीहरु घरबारबिहीन बनेका थिए । लाम्पाखा, चुवारपाखा, अजिङ्गरे, चिसापानीलगायत बस्तीका उनीहरु अहिले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स–साना घर तथा टहरो बनाएर बस्दै आएको छ । निकुञ्जले वनलाई अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन बारम्बार दबाब दिने गरेकोे मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

हिजो बुधवार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिकसहितको टोलीले नयाँ बस्तीको अनुगमन गरेर चाँडो भन्दा चाँडो उक्त बस्तीको समस्यालाई हल गर्न सरोकारवालासँग आवश्यक समन्वय गर्ने विश्वास दिलाएको छ ।

प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, गाउँपालिकाका अध्यक्ष उप्रेती, मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, मनहरि–४ का वडाअध्यक्ष धु्रव खड्का, पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, जिल्ला आयोजना कार्यान्वयन इकाइका कर्मचारीलगायतले सुरक्षित र व्यवस्थित आवासका लागि पहल गर्ने विश्वास व्यक्त गरे ।

बस्तीको स्थायित्व नभएका कारण भूकम्पको लाभग्राही सूचीमा परेका उनीहरु भवन निर्माणका लागि सम्झौता गर्न नपाएको वडा नं ४ का अध्यक्ष धु्रव खड्काले बताए ।

भूकम्पको लाभग्राही सूचीमा परेका १४३ परिवारलाई सम्झौताका लागि सिफारिस गर्न कानूनी अड्चन आएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।

जङ्गलको बीचमा बसेको अस्थायी बस्तीलाई स्थायी बसोबासको व्यवस्था मिलाइदिन उनीहरुले माग गरिरहे पनि निकुञ्ज प्रशासनले भने कुनै पनि हालतमा बस्ती उठाउने दाबी गरिरहेको छ ।

उक्त क्षेत्रको बस्ती विकास गर्न चालू आर्थिक वर्षमा गाउँपालिकाले ५० लाख बजेट विनियोजन गरेको भए पनि कानूनी जटिलताका कारण सो रकम खर्च गर्न नसकिएको अध्यक्ष उप्रेतीले बताए ।

वि.सं.२०७७ माघ १५ बिहीवार १५:४२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...