back
NMB ad

चन्द्रागिरी हिल्सको शेयर आगामी साता सूचीकरण हुने

Kumari bank ad

काठमाडौं । आईपीओ बाँडफाँड पछिको शेयर सूचीकरण गर्न चन्द्रागिरी हिल्स लिमिटेडले आगामी साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कागजात पेश गर्ने भएको छ ।

कम्पनीले सबै काजगात तयार गरेर आगामी साता नेप्सेसँग सूचीकरण सम्झौता गर्ने तयारी गरेको हो ।  चन्द्रागिरी हिल्सले गत शुक्रबार सर्वसाधारणलाई जारी गरेको १३ लाख ९६ हजार २२ कित्ता आइपीओ बाँडफाँट गरेको थियो ।

कम्पनीले पुस २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १५ लाख ३४ हजार ११ कित्ता सेयर बिक्रीमा ल्याएकोमा ६१ हजार ३६४ कित्ता कर्मचारी र ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्टयाइएको थियो ।

यसैबीच चन्द्रागिरीले शेयर सूचीकरण सम्बन्धी कार्य गर्नका लागि ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ। आज बिहीबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा चन्द्रागिरी हिल्स र ग्लोबल आईएमई क्यापिटलबीच सेयर रजिष्टारसम्बन्धी सम्झौता भएको हो।

सम्झौतापत्रमा चन्द्रागिरी हिल्सका तर्फबाट वित्त प्रमुख विष्णु गौतम र क्यापिटलका तर्फबाट सीईओ पारसमणि ढकालले हस्ताक्षर गरेका छन्। स्थानीय बासिन्दा र सर्वसाधारणमा शेयर जारी गरेको चन्द्रागिरी हिल्सले शेयरआवेदन गर्ने सबैलाई १ वर्षसम्म केबुलकारको टिकट यात्रामा २५ प्रतिशत छुट दिएको छ।

चन्द्रागिरी हिल्सको अधिकृत पूँजी २ अर्ब रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रहेको छ।

वि.सं.२०७७ माघ १५ बिहीवार १८:३३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...