back
NMB ad

हिमालयन पदमार्ग निर्माणमा तीव्रता

Kumari bank ad

चौतारा। पर्यटकीय दृष्टिले उत्कृष्टमा पर्ने सिन्धुपाल्चोकको हेलम्बुमा निर्माण भइरहेको हिमालयन ग्रेट ट्रेल (पदमार्ग) निर्माणमा तीव्रता आएको छ ।

हालसम्म २६० मिटर सम्पन्न भएको छ भने नागीडाँडाको बुद्धपार्क र सेर्माथाङ दुवैतिरबाट काम शुरु भएकाले यस वर्ष ३०० मिटर सम्पन्न गर्ने लक्ष्य रहेको पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो ।

चालू आर्थिक वर्षमा थप एक हजार २७५ मिटर पदमार्ग निर्माण गर्न पर्यटन विभागबाट रु चार करोडमा बोलपत्र स्वीकृति भएको छ । विभागको बजेट भए पनि पालिकाकै रेखदेखमा निर्माण हुने र सम्झौतामा जे–जस्तो उल्लेख भए पनि कामको परिमाणबाट मात्र यकिन हुने विभागका इन्जिनीयर सचिन यादवले जानकारी दिनुभयो ।

बहुवर्षीय योजनाअन्तर्गत कूल ६० किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको र यसका लागि करीब रु तीन अर्ब ५० करोड बजेट लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ ।

चीनको ग्रेटवालको झझल्को दिने खालको उक्त पदमार्ग आकर्षक र मनमोहक देखिन्छ । कडा चट्टानको ढुङ्गा काटेर इँटा आकारमा तयार गरी निर्माण गरिने हुँदा खर्चिलो हुनाका साथै बढी समय पनि लाग्ने गरेको छ । सिमेन्टको जोडाइमा दुई मिटर चौडाइको सिँढी तयार गरी दुवैपट्टि ६० सेन्टीमिटरको पर्खाल निर्माण गरिएको पालिकाका सबइन्जिनीयर शेरबहादुर राईले बताउनुभयो ।

निर्माणको पहिलो रुटमा हेलम्बु गाउँपालिका–१ स्थित नागीडाँडा, बुद्धपार्क, सेर्माथाङ, ज्योमोथाङ, आमायाङ्ग्री, भेमटाङ हुँदै गाङजाला भञ्ज्याङमा टुङ्गिनेछ ।

दोस्रो रुटमा हेलम्बु–६ को घोप्टेघ्याङ, पाकेडाँडा, ढाडेपार्टी सेमिमिदाङ हुँदै गाङजालामै टुङ्गिनेछ । दुवैतिरबाट काम शुरु भएको पदमार्ग अन्तिम विन्दुमा पुगेपछि अर्ध चन्द्राकारको हुनेछ । सम्पन्न भएपछि प्रख्यात धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड आवतजावतमा समेत सहजता हुने विश्वास गरिएको छ ।

वि.सं.२०७७ माघ १७ शनिवार १६:४१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...