back
NMB ad

जग्गा व्यवस्थापन नहुँदा जनता आवास कार्यक्रम अन्योल

Kumari bank ad

सिरहा । दलित, भूमिहीन, सुकुम्बासी परिवारको भवन निर्माणका लागि चाहिने जग्गा स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा सिरहा र सप्तरीमा जनता आवास कार्यक्रम प्रभावित भएको छ ।

सरकारले जनता आवास कार्यक्रमका माध्यमबाट भूमिहीन, सुकुम्बासी, दलित परिवारका लागि आवास भवन बनाउन लागे पनि भवन निर्माणका लागि चाहिने जग्गा व्यवस्थापन नहुँदा भवन कुन ठाउँमा भने अन्योल बढेको हो ।

आवास भवनका लागि छनोट भएका लाभग्राहीसँग घर बनाउन जग्गा नभएको खण्डमा स्थानीय तहले जग्गा व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहले त्यसमा सक्रियता नदेखाउँदा जनता आवास कार्यक्रम निर्धारित समयमा सम्पन्न गर्न कठिनाइ भइरहेको शहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरी राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिए ।

“धेरैजसो विपन्न, दलित परिवारसँग घर बनाउने जग्गा छैन्”, प्रमुख झाले भने, “जसका कारण घर कहाँ बनाइदिने अन्योल छ, ती परिवारको घर बनाउन आवश्यक जग्गा व्यवस्थापन गरिदिन स्थानीय सरकारलाई पटकपटक पत्राचार गरे पनि अझै व्यवस्था गर्न सकेको छैन् ।” कतियप स्थानीय तहले जग्गा व्यवस्थापन मिलाए पनि लाभग्राही त्यो जग्गामा जान नरुचाएका कारण जनता आवास भवन बनाउन नसकिरहेको प्रमुख झाको भनाइ छ ।

कतिपय स्थानीय तहले व्यवस्थापन गरेको जग्गामा लाभग्राही जान रुचाए पनि वरिपरिका जग्गाधनीले विभिन्न बहानामा अवरोध सिर्जना गर्ने गरेका कारण पनि जनता आवास कार्यक्रम प्रभाबित भएको उनले बताए ।

जग्गा व्यवस्थापन गर्न नसकेको दुवै जिल्लाका स्थानीय तहलाई माघ मसान्तभित्रमा जग्गा व्यवस्थापन नगरिए कार्यक्रम कटौती गरिने चेतावनीसहितको पत्र शहरी विकास तथा भवन निर्माण कार्यालयले पठाएको छ ।

लामो समयसम्म जनता आवास निर्माण नहुँदा विपन्न दलित समुदायको पक्की घरमा सुत्ने सपना अधुरै छ । “लाभग्राहीको सुचीमा आफ्नो नाम पनि छनोट हुँदा खुशीले गद्गद भएको थिए”, राजविराज नगरपालिका–६ का मनोज मेहतरले भने, “तर घर बनाउन चाहिने जग्गा नहुँदा समस्या भइरहेको छ ।” छनोट भएको दुई वर्ष बित्नै लाग्दासमेत जग्गा अभावमा घर निर्माण हुन नसकेको उनको दुखेसो छ ।

जग्गाको व्यवस्था मिलाइदिन वडाध्यक्षलाई पटकपटक ताकेदा गर्दासमेत अझै जग्गा व्यवस्थापन नभएकाले घर बन्ने वा नबन्ने भने चिन्तामा परेको उनले गुनासो गरे । जग्गासम्बन्धी विवादकै कारण आर्थिक वर्ष २०७६(७७ मा छनोट भएकामध्ये सिरहाका १२१ वटा र सप्तरीको २२३ वटा आवास भवन निर्माण कार्य अझै शुरु हुन नसकेको कार्यालय प्रमुख झाले बताए ।

आर्थिक वर्ष २०७६/७७ मा सिरहामा ३९७ आवास भवन छनोट भएकामा हालसम्म २७६ वटा भवन निर्माण भइरहेको छ भने सप्तरीमा ६०३ भवन छनोट भएकामा ३८० भवन निर्माण कार्य जारी रहेको सो कार्यालयले जनाएको छ ।

निर्माणाधीन जनता आवास भवन आउँदो चैत र वैशाख महिनाभित्रमा सम्पन्न गरी लाभग्राहीलाई हस्तान्तरण गरिने प्रमुख झाले बताए । बजेट आभावका कारण चालू आर्थिक वर्ष २०७७/७८ मा सिरहाको औरही गाउँपालिकामा ५०० आवास भवनबाहेक अन्य ठाउँमा आवास भवन थपिएको छैन ।

चालू आ.वमा सिरहाको औरही गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ मा ५०० आवास भनव बनाउन प्रक्रिया अघि बढाइसकेको प्रमुख झाले बताए ।

जनता आवास जिल्ला समन्वय समितिको केही दिनअघि बसेको बैठकले सप्तरीमा एक हजार २०० आवास भवनको माग गर्ने निर्णय गरी सरकारलाई पत्र पठाएको प्रमुख झाले जानकारी दिए ।

बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रति घरबापत तीन लाख १७ हजार ५०० र शौचालयबापत १५ हजारसमेत गरी तीन लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ ।

वि.सं.२०७७ माघ १८ आइतवार १३:५५ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...