back
NMB ad

काठमाडौँका पाँच ठाँउमा पाँच रुपैयाँमा एक लिटर पीउने पानी, कसरी प्रयोग गर्ने मेसिन ?

Kumari bank ad

काठमाडौँ । खानेपानी मन्त्री मणिचन्द थापाले ‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ’ भन्ने नारालेखिएको बोर्डसँगै काठमाडौँ महानगरपालिका वडा–१६ स्थित बालाजु बाइसधारा उद्यानको प्रवेशद्वारमा वाटर एटीएमको उद्घाटन गर्नुभयो ।

सुरुमा रत्नपार्क परिसरमा शंखधर उद्यानको प्रवेशद्वार र त्यसपछि स्वयम्भूमा वाटर एटीएमको उद्घाटन पछि बालाजु पुग्नु भएका मन्त्री थापाले उद्घाटनपछि ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का हाल्नुभयो । सिक्का हालेपछि ‘वाटर भेन्डिङ मेसिन’ बाट काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डको लोगो भएको दुई वटा कपमा चार सय मिलिलिटर पानी भरियो ।

मन्त्री थापाले एक कप पानी सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरलाई दिनुभयो र एक कपचाँहि आफूले पिउनुभयो । पानी पिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री थापाले आधुनिक प्रविधिसँग जोड्दै काठमाडौँ महानगपालिकासँगको सहकार्यमा पहिलो पटक ‘वाटर भेन्डिङ मेसिन’को उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

‘आजै हामीले रत्नपार्क क्षेत्र, स्वयम्भू र बालाजु गरी तीन ठाउँमा ‘वाटर भेन्डिङ मेसिन’ को उद्घाटन गरेका छौँ,’ मन्त्री थापाले भन्नुभयो, ‘पहिलो चरणमा उपत्यकाका १५ स्थानमा यो सञ्चालन गर्ने तयारी छ । विस्तारै मुलुकभरीकै सहरमा यो व्यवस्था लागु गर्नेछौँ ।’ रत्नपार्कको उद्घाटनमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत पनि सहभागी हुनुहुनन्थ्यो ।

मन्त्री थापासँगै रहनुभएका राज्यमन्त्री मानन्धरले पनि आफ्नो निर्वाचन क्षेत्र र त्यसमा पनि ऐतिहासिक, सांस्कृतिक, धार्मिक र मनोरञ्जनको दृष्टिले एउटा महत्वपूर्ण स्थल बालाजु उद्यानकै प्रवेशद्वारमा आधुनिक प्रविधिको वाटर एटीएम उद्घाटन गर्दा खुशी लागेको बताउनुभयो ।

‘मेलम्ची अहिले राजधानीवासीका लागि निकै महत्वपूर्ण छ । मेलम्चीको पानी आउने अन्तिम तयारी भैरहेका बेलामा यस्तो प्रविधिको सुरुवात हुनु आफैँमा खुशीको कुरा हो,’ मन्त्री मानन्धरले भन्नुभयो, ‘एक लिटर नै पानी किनेर खानुपर्ने बाध्यतालाई यो प्रविधिले अन्त्य गरेको छ । यो प्रविधिको विकाससँगै अब पानी कहाँ पिउने होला भन्ने कुराको अन्त्य हुनेछ ।’

मन्त्रीद्वयसँगै रहनु भएका खानेपानी सचिव माधव बेल्बासेले पनि छिट्टै राजधानीका १५ स्थानमा यो लागु गर्ने बताउनुभयो । ‘शुद्ध, प्रविधियुक्त र सस्तो मूल्यमा सर्वसुलभ ढंगले सर्वसाधारणलाई पिउने पानी उपलब्ध गराउने उदेश्यले काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डको सहकार्यमा पहिलो चरणमा चार स्थानमा वाटर एटीएमको सुरुवात गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘थप ११ स्थानमा पनि हामी छिट्टै उद्घाटन गर्ने तयारीमा छौँ ।’

काठमाडौँ महानगरपालिकाले पनि काठमाडौँ मानगरवासी र बटुवाहरुलाई सहज र सुलभ तरिकाले प्यास मेटाउन फरक–फरक सार्वजनिक स्थलहरुमा सुपथ मूल्यमा स्वच्छ सफा पिउने पानी उपलब्ध गराई मानवमैत्री सहरको रुपमा काठमाडौँलाई परिचित गराउने उदेश्यले यसको थालनी गरेको जानकारी दिएको छ ।

‘प्लाष्टिक र वोतलको पानी प्रयोगमा कमी ल्याई वातावरणीय सुधार कार्यमा टेवा पुर्याउने उदेश्यले यसको थालनी गरेका हौँ,’ काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपध्यक्ष सरोज बस्नेतले भन्नुभयो, ‘काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डसँगको सहकार्यमा महानगरपालिका क्षेत्र भित्रका पाँच स्थानमा वाटर एटीएम रहने छन् । त्यसका लागि महानगरपालिकाले स्थान उपलब्ध गराएको छ भने व्यवस्थापन बोर्डले नै गर्नेछ ।’

कुनै समय परम्परागत रुपमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जरुंहिति रहेको र ती धारामा बटुवाहरुले पानीको प्यास मेटाउने गरेको गरेको इतिहाससँग जोडेर महानगरपालिकाले वोर्डसँगको सहकार्यमा स्थापना भएका वाटर एटीएमलाई जरुंहिति नामकरण गरेको जानकारी दिएको छ ।

‘राजधानीवासीले पहिला–पहिला कलकल ढुंगेधाराको पानी पिउने चलन थियो,’ उपाध्यक्ष बस्नेतले भन्नुभयो, ‘जनसंख्याको वृद्धिसँगै वातावरणीय प्रभाव पनि प्रदुषित भैरहेको बेला अहिले त्यो इतिहास बन्यो । अहिले पिउने पानी भन्ने वित्तिकै जारको वा वोटलको पानी भन्ने बुझ्न थालिएको छ । यस्तो बेलामा शुद्ध र प्रविधियुक्त पानी उपलब्ध गराउने उदेश्यले यसको सुरुवात गरेका हौँ ।’

उहाँले अब पाँच रुपैयाँमा एक लिटर पानी पिउन सकिने र त्योसँगै प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्न सहयोग पुग्ने पनि बताउनुभयो । बस्नेतले आज तीन स्थानमा उद्घाटन भएको भन्दै अब नयाँ बानेश्वर र शंखधर पार्कमा पनि छिट्टै उद्घाटनको तयारी रहेको जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणाले करीब २ करोडको लगानीमा उपत्यकाका १५ स्थानमा यस्तो मेसिन राख्ने तयारी स्वरुप पहिलो चरणमा तीन स्थानको उद्घाटन गरेको बताउनुभयो । उहाँले प्रत्येक वुथमा करीब १५ लाख लगानी रहेको पनि जानकारी दिनुभयो ।

वाटर भेन्डिङ मेसिन कसरी प्रयोग गर्ने ?
१. पाँच वा १० को नोटलाई वाटर भेन्डिङ मेसिनसँगै रहेको पैसा साट्ने मेसिनबाट १ को सिक्कामा साट्ने ।
२. साटेको १ रुपैयाँको सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउने र २०० मिलिलिटर कागजको कप लिने ।
३. कपलाई लगेर कप वा बोतल थाप्ने धाराको तल राख्ने ।
४. अनि १ रुपैयाँको सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा धारा र सिक्का हाल्ने ठाउँको अंक मिलाई छिराउने ।
५. २०० मिलिलिटर शुद्ध पिउने पानी कपा वा बोतलमा झर्ने छ ।
६. त्यसरी प्रयोग गरेको कपलाई फोहोर फाल्ने भाँडामा फाल्ने ।

वि.सं.२०७७ माघ २९ बिहीवार १६:५८ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...