back
NMB ad

लगानी गर्न तयार हुनुहोस्ः सवा ६ अर्बको आइपीओ आँउदै, कुनको कति ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा विभिन्न १७ कम्पनीको ६ अर्ब २१ करोड १७ लाख ९७ हजार ७२० रुपैयाँको ६ करोड २० लाख ३६ हजार ४३६ कित्ता आईपीओ धितोपत्र बोर्डको पाइप लाइनमा रहेको छ ।

 

धितोपत्र बोर्डको पाइप लाइनमा रहेको कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी नै रहेका छन् । एउटा इन्स्योरेन्स कम्पनी र एउटा माइक्रोफाइनान्स कम्पनी समेत बोर्डको पाइपलाइनमा रहेका छन् ।

 

पछिल्लो समयमा सेयर बजारमा आएको देखिएको बुलिस टे«न्डसँगै कम्पनीहरुको आईपीओमा लगानीकर्ताहरुले माग भन्दा बढी नै आवेदन दिने गरका छन् । कुनै समयमा जलविद्युत कम्पनीको आईपीओमा आयोजना प्रभावित मात्रै नभएर सर्वसाधारणले पनि माग अनुसार आवेदन दिने क्रम ज्यादै न्यून रहेको थियो । तर पछिल्लो समयमा अन्य कम्पनीजस्तै जलविद्युत कम्पनीको आईपीओमा पनि माग भन्दा बढी नै आवेदन पर्ने गरेको छ ।

 

पछिल्लो समयमा आएको बिक्री खुला भएको ग्रिन लाइफहाईड्रोपावरको आईपीओमा पनि माग भन्दा झण्डै ७ गुढा बढी आवेदन परेको छ । यसले पनि लगानीकर्ताहरुको ध्यान आईपीओमा कति रहेछ भनेर सहजै थाहा पाउन सहजै बनाएको छ । अहिले बोर्डको पाइपलाइनमा रहेका कम्पनीमा ११ वटा जलविद्युत कम्पनी मात्रै रहेका छन् ।

 

बोर्डको पाइपलाइनमा रहेका कम्पनीमा सबै भन्दा बढी मध्ये भोटेकोशी जलविद्युत कम्पनीको १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता र सबैभन्दा कम सिबीआईएल क्यापिटलले ३ लाख कित्ता साधारण सेयर ल्याउने तयारी गरेको छ । ज्योती लाइफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँको ६६ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्न बोर्डको पाइप लाइनमा रहेको छ ।

 

यस्तै महिला लघुवित्त वित्तीय संस्थाको ४ करोड रुपैयाँको ४ लाख कित्ता रहेको छ । उक्त कम्पनीले आईपीओ निष्काशन गर्नको लागि बोर्डबाट अनुमति समेत पाइसकेको छ । कम्पनीले भोली (शुक्रबार)देखि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । त्यस्तै बोर्डबाट आईपीओ निष्काशन गर्नको लागि रुरु जलविद्युत परियोजनाले अनुमति पाएको छ ।

रुरु जलविद्युत परियोजनाले पहिलो चरणमा फागुन ७ गतेबाट ४ लाख ७ हजार ७०५ कित्ता सेयर आयोजना प्रभावीगत गुल्मी जिल्लाका स्थानीयलाई निष्काशन गर्ने भएको छ ।

 

परियोजनाले ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएपनि पहिलो चरणमा १० प्रतिशत सेयर आयोजना प्रभावितलाई निष्काशन गर्ने भएको छ । दोस्रो चरणमा सर्वसाधारणलाई २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँकादरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्काशन गर्ने तयारीमा रहेको छ ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १०:२९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...